१ श्रावण २०८३, शुक्रबार

बामदेव गौतमले लिए राष्ट्रिय सभा सदस्यको शपथ

एसीपी संवाददाता

१ आश्विन २०७७, बिहीबार १२:५८ मा प्रकाशित

फाईल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभा सदस्यको शपथ लिनुभएको छ ।

संसद सचिवालयमा बिहीबार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई राष्ट्रिय सभा सदस्यको पद तथा गोपनियताको सथप गराउनुभएको हो । सरकारको सिफारिसमा बिहीबार नै राष्ट्रपति बिद्यादेवी भण्डारीले गौतमलाई राष्ट्रिय सभा सदस्य पदमा मनोनयन गर्नुभएको थियो । सपथपछि अध्यक्ष तिमिल्सीनाले गौतमलाई सांसदको ब्याच लगाइदिनुभएको थियो । सपथ ग्रहणपछि गौतमले राष्ट्रियता, जनताप्रति बफादार भएर भूमिका निभाउने बताउनुभयो । पार्टीको समाजवादमा जाने लक्ष्यमा पुग्न आफूले भूमिका खेल्ने उहाले बताउनुभयो ।

सपथ ग्रहण कार्यक्रममा नेकपा नेता एवं पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, झलनाथ खनाल, माधव नेपाल तथा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायत सहभागी थिए । प्रतिनिधिसभा निर्वाचनमा पराजित गौतमलाई राष्ट्रियसभा पठाउने निर्णयको विरोध भए पनि बुधबार मन्त्रिपरिषद्ले गौतमको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x