१ श्रावण २०८३, शुक्रबार

बाराको कलैयामा नयॉं खानेपानी पाईपलाइन विस्तार

एसीपी संवाददाता

१९ पुष २०८१, शुक्रबार १३:२४ मा प्रकाशित

बाराको कलैयामा नयॉं खानेपानी पाईपलाइन विस्तार परियोजना को शिलान्यास भएको छ ।
बारा जिल्लाको कलैया उप–महानगरपालिका स्थित मानमत–कलैया–मटिअर्वा सडक खण्डमा जोडिने त्रिचन्द्र स्कूलदेखि भतौडा पोखरी (३.४ कि.मि.) सम्मको नयाँ खानेपानी पाईपलाईन विस्तार परियोजनाको शिलान्यास गरिएको छ ।
नेपाल खानेपानी संस्थान, शाखा कार्यालय कलैया, बाराको आयोजनामा उक्त परियोजनाको शिलान्यास कार्यक्रम गरिएको हो । नयाँ खानेपानी पाईपलाईन विस्तार पछि यहाँका नागरिकले शुद्ध एवं शुरक्षित खानेपानी खान पाउने कुरामा म बिश्वस्थ रहेको खानेपानी मन्त्री प्रदीप यादवले बताउनु भयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x