३२ असार २०८३, बिहीबार

बार्षिक कार्यक्रम सम्पन्न, उत्कृष्ट विद्यार्थी लाई पुरस्कार वितरण

एसीपी संवाददाता

१७ माघ २०८१, बिहीबार २०:३१ मा प्रकाशित

कृष्णनगर, माघ १७

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको जामिया सिराजुल उलुम अल्सलफिया मदरसामा तिन दिने बार्षिकोत्सव कार्यक्रम आज समापन भएको छ।

कार्यक्रमका अध्यक्ष सोही मदरसाका अध्यक्ष समिम अहमद नदवी प्रमुख अतिथिमा कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह, विशिष्ट अतिथिमा महाराजगंज नगरपालिका नगर प्रमुख अब्दुल कलाम खां, नेपाल प्रहरीका नायब महानिरीक्षक उमा प्रसाद चतुर्वेदी, जामिया सिराजुल उलुम अल्सलफिया मदरसाका प्रवक्ता मौलाना मशहूद खां नेपाली, राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कूफी रहेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहले पेशागत अनुसासन सबैले पाल्ना गर्नुपर्ने यो मदरसा धेरै पुरानो मदरसा भएकाले आवश्यक सुझाव सल्लाहका आधारमा नगरपालिकाले यसलाई अगाडि लैजाने बताए।

कार्यक्रममा बोल्दै नगर प्रमुख कलामले मदरसा लाई राज्यको मूलधारमा जोडेर अगाडि बढ्नु पर्ने बताउदै मदरसा दर्ता भएकाको संरक्षणका लागा राज्यले अनुदान दिदैं आएको बताए।

कार्यक्रममा बोल्दै नायब महानिरीक्षक चतुर्वेदीले यस क्षेत्रका विद्यार्थी पनि विभिन्न सरकारी सेवाका लागि पूर्व तयारी गरेर क्षेत्रको नाम अगाडि बढाउनु पर्ने बताए।

कार्यक्रममा बोल्दै मौलाना मशहूद खांले यो मदरसा नेपालकै जेष्ठ मदरसा भएको बताउदै स्थानीय सरकारलाई उच्च लगानी गर्न आग्रह गरे।

कार्यक्रममा बार्षिक परीक्षामा प्रथम, द्वितीय, तृतीय आएका विद्यार्थी लाई पुरस्कार दिनुका साथै विभिन्न खेलमा सहभागी भएका विद्यार्थी हरूलाई अतिथि हरूबाट सम्मान पत्र तथा पुरस्कार वितरण गरिएको थियो।

कार्यक्रममा वडा नं ३ का वडाध्यक्ष सगिर अहमद, शैख अब्दुल रशीद मदनी, खुर्सिद अहमद सल्फी, शैख सतुल्ला, शैख असलम, खेल्कुद लगायत अन्य व्यवस्थापन कमरुद्दीन लगायत विद्यार्थी हरूको बाक्लो उपस्थित रहेको थियो।
कार्यक्रमका उद्घोषक खालिद रशीद रहेका थिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x