२ श्रावण २०८३, शनिबार
बाल बिवाह न्यूनिकरण बारे कार्यशाला सम्पन्न
बाल विवाह न्युनिकरणमा भुमिका निर्वाह गर्ने पत्रकारका लागि नेपालगन्जमा संचालित दुई दिने कार्यशाला सम्पन्न भएको छ । जिल्लालाई बाल विवाहमुक्त बनाउन सामाजिक सचेतन सरोकार मञ्च (स्याक) नेपालले पत्रकारका लागि सोमबार र मंगलबार कार्यशाला संचालन गरेको हो ।
- दलित आन्दोलनका अगुवाहरुलाई प्रशिक्षण
- नेकपामा ‘डेट एक्सपाएर’ हुँदै
- सत्तारुढ दल नेकपाभित्रैबाट राजनीतिक अस्थिरताको खेल सुरु
स्याकले बाल विवाह रोकथाम परियोजना अन्तर्गत बाँकेमा बाल विवाह न्युनिकरणको कार्यक्रम संचालन गरिरहेको छ । जिल्लाका रेडियो तथा अनलाइन पोर्टलका पत्रकार सहभागी कार्यक्रममा बाल विवाह न्युनिकरणका लागि पत्रकारको आवश्यकता तथ भुमिका, बालबालिकासंगको व्यवहार तथा बाल संरक्षणको माध्यमबाट समाचार लेख्दा अपनाउनु पर्ने आचारसंहिता लगायतका बिषयमा छलफल गरिएको परियोजना संयोजक जगदिश थापाले जानकारी दिनुभयो ।

सिमा-नाका जमुनाहमा नागरिक सहायता कक्ष स्थापना
Subscribe
Login
0 Comments



