३२ असार २०८३, बिहीबार

बालबालिकालाइ सकारात्मक सोच विषयक तालिम

एसीपी संवाददाता

१७ जेष्ठ २०८२, शुक्रबार ११:२३ मा प्रकाशित

बालबालिकालाइ सकारात्मक सोच विषयक तालिम
नेतृत्व विकास तथा रकारात्मक सोच विषयक दुइ दिने तालिम नेपालगन्ज उपमहानगरपालिका वडा नं. १९ मा सम्पन्न भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ को सहयोग र युवा घरको आयोजनामा बैशाख २८ गतेबाट सुरु भएको सो तालिम २९ गते सम्पन्न भएको हो ।
तालिमको समापन समारोहमा बोल्दै नेपालगन्ज उपमहानगरपालिका वडा नम्ब १९ का वडा सदस्य रामसुहावन कुमीले तालिमबाट सिकेका कुराहरुलाइ ब्यबहारमा लागु गर्नुपर्ने बताएका थिए । बालबालिकाहरु समाजको खम्बा भएको बताउदै सकारात्मक सोचको विकास गरेर सकारात्मक कार्यमा लाग्नुपर्ने कुर्मीको भनाइ थियो ।
२ दिन सम्म चलेको तालिमको समापनमा बोल्दै वडा सदस्य मन्सुर खाले तालिमबाट नेतृत्व विकास र सकारात्मक सोचको वारेमा सबैलाई जानकारी भएको बताउदै सबैले आ—आफ्नो जिम्मेवारी पुरा गर्न लागि परेमा समुदायमा सकारात्मक विकास गर्न सम्भव हुने बताए । वडाका नासु मनोज रिजालले बालबालिकाको चौतर्फि विकासका लागि वडा कार्यालयले हरेक वर्ष कार्यक्रम गर्दै आएको बताउदै तालिमबाट बालिबालिकाको नेतृत्व तथा क्षमता विकासमा टेवा पुगेको बताए ।
तालिमतालिमका सहभागिहरुले तालिमका विषयवस्तु समय सान्दर्भिक भएको र उपलब्धिमुलक भएको बताएका थिए । तालिमबाट जीवनोपयोगी सिप, रकारात्मक सोच र नेतृत्व विकासका विविध विषयमा ज्ञान प्राप्त भएको सहभागिहरुको भनाइ थियो । २ दिन सम्म चलेको तालिममा प्रशिक्षक मन भण्डारी र शिव कुमार वर्माले बाल अधिकार, बाल संरक्षण, व्यक्तित्व विकास र सकारात्मक सोचका सूत्रहरु, नेतृत्व, नेतृत्वको अवधारण, नेतृत्वको परिभाषा नेता, नेताको परिभाषा, नेतृत्वको भुमिका, नेतृत्वको आवश्यकता, नेतृत्वका लागि आवश्यक तत्वहरु, असल नेताका गुणहरु, नेतृत्व कसरी गर्ने ?, नेतृत्वका कार्यहरु को विषयमा तालिम दिएका थिए भने समुह अभ्यास तथा छलफल समेत गरिएको थियोलगायतको विषयमा प्रशिक्षण दिएका थिए ।
तालिममा वडाका जनप्रतिनिधिहरु, कर्मचारीहरु, वडा तथा बिध्यालय स्तरीय बाल क्लव संजाल तथा वाल क्लवका पदाधिकारीहरु लगायतका २५ जनाको सहभागिता रहेको थियो  । तालिमको समापन कार्यक्रमको संचालन युवा घरका सचिब शिव कुमार वर्माले गरेका थिए । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x