२ श्रावण २०८३, शनिबार

बिहीबार थप ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि

एसीपी संवाददाता

२९ आश्विन २०७७, बिहीबार १३:२० मा प्रकाशित

नेपालमा बिहीबार थप ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै काठमाडौं उपत्यकामा थप १ हजार ९ सय ३५ जनामा कोरोना पुष्टि भएको छ ।

ग्यास सिलिण्डर विस्फोट हुँदा ११ जना घाइते

चौकीदारदेखि वकिलसम्म “पुस्तक” विमोचन

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार काठमाडौंमा १ हजार ६ सय ९३ भक्तपुरमा १ सय ३४ र ललितपुरमा १ सय ०८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १९ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोना कारण ज्यान गुमाउनेको संख्या ६ सय ९४ पुगेको छ । त्यस्तै बिहिबार थप ३ हजार ५ सय ६४ जना डिष्चार्ज भएका छन् ।

भुमी अतिक्रमणका विरुद्ध गो ब्याक चाइना भन्दै चर्कियो आन्दोलन

योसंगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ८४ हजार ५ सय १८ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय ३३ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । त्यस्तै हाल होम आइसोलेसनमा २४ हजार १ सय ९४ जना रहेका छन् भने संस्थागत आइशोलेशनमा १२ हजार ३ सय ३९ जना रहेकाछन् भने क्वारेन्टाइनमा ४ हजार ८ सय २५ जना रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ५ सय ९८ पीसीआर परीक्षण गरिएको छ । हालसम्म १२ लाख ३७ हजार ६ सय ३६ पीसीआर परीक्षण भएको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x