१६ आश्विन २०८३, शुक्रबार
बिहीबार ३ महिला र २१ जना पुरूष डिस्चार्ज

बाँके जिल्लामा बिहीबार २४ जना घर फर्किन लागेका छन् । बाँकेका काेराेना फाेकल पर्सन नरेश श्रेष्ठका अनुसार बिहीबार ३ महिला र २१ जना पुरूष डिस्चार्ज हुन लागेका छन् ।
डिस्चार्ज हुनेमा हालसम्मकै संक्रमितहरूमध्ये बढि उमेर भएका एक पुरूषले समेत काेराेना जितेका छन् ।
बिहीबार कृषि तालिम केन्द्र खजुरा आईसाेलेसन सेन्टरबाट एक ८८ वर्षीय बृद्वले काेराेना पराजित गरि घर फर्किंदै छन् । ती बृद्व जानकी गाउँपालिका वडा न-३ का हुन ।
त्यस्तै काैशिल्यानगर आर्मी तालिम केन्द्रबाट १७ जना डिस्चार्ज हुन लागेका छन् ।
याेसंगै बाँकेमा डिस्चार्ज हुनेकाे संख्या ७ सय ८३ पुगेकाे छ । जिल्लामा बुधबारसम्म १ हजार ९५ जनामा काेराेना भाईरस संक्रमण पुष्टि भएकाे छ ।
Subscribe
Login
0 Comments


