बी.ओ.पि. पोस्ट भिल्मीद्वारा सरसफाई कार्यक्रम आयोजना
प्रतिमा विश्वकर्मा – मन्सिर ०६ कृष्णनगर
कपिलवस्तुको कृष्णनगर नगरपालिका अन्तर्गत पर्ने सशत्र प्रहरी बल नेपाल बॉर्डर आउट पोस्ट भिल्मीले आज बिहान सरसफाइ कार्यक्रम संपन्न गरेको छ l आज बिहान कृष्णनगर नगरपालिका को वार्ड न.६ भिल्मी चौकमा प्रहरी , युवा,समाजसेबि,शिक्षक,विद्यार्थी ,पत्रकार लगायतले झाडू लगाएर् फोहोरलाई एक ठाउमा एकत्रित गरि जलाएर नष्ट गरि सो सरसफाइ कार्यक्रमलाइ सफल पारिएको हो ।
बि.ओ.पि.भिल्मीका सशत्र प्रहरी निरिक्षक त्रिलोचन पोख्रेलले कार्यक्रममा बोल्दै कोविड-19 को महामारीबाट बाच्न हामी सबैले आफ्नो घर्-आगन,टोल छिमेक् ,बाटो सधै सफा राख्नु पर्छ् भन्ने सन्देस दिनुभयो ।
उक्त सरसफाइ कार्यक्रममा सशत्र प्रहरी बल भिल्मी, प्रहरी चौकी भिल्मीका प्रमुख कमल प्रसाद बगाले लगायतको सम्पूर्ण टीम ,भिल्मी,समाजसेबि,युवा,शिक्षक,विधार्थी, जनप्रतिनिध,पत्रकार लगायतको उपास्थिति रहेको थियो ।



