२२ आश्विन २०८३, बिहीबार

बुटवलमा तस्करहरुद्वारा प्रहरी माथि गोली प्रहार

एसीपी संवाददाता

२१ मंसिर २०७७, आईतवार ०७:१० मा प्रकाशित

रुपन्देहीको बुटवलमा गोली चलेको छ। बुटवल उपमहानगरपालिका ८ शुक्रपथ, शुक्रनगरस्थित होटल कलसमा तस्करहरुको टोलीले प्रहरी माथि गोली चलाएको हो।

(रअ) प्रमुखको नेपाल भ्रमणले थुप्रै परिणाम ल्याइसक्यो-ज्ञवालि


उनीहरुलाई नियन्त्रणमा लिन पुगेको सादा पोशाकका प्रहरीसँग रहेको पेस्तोल खोसी तस्कर समूहका एक जनाले प्रहरी माथि गोली प्रहार गरेका हुन्। उनले चलाएको गोली प्रहरीलाई नलागी तस्कर समूहका अर्का एक जनालाई लागेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षणक सत्यनारायण थापाका अनुसार गोली लागेर घाइते भएका राकेश न्यौपानेको अवस्था गम्भीर रहेको छ। गोली लागि घाइते भएका न्यौपानेलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएकोमा उनलाई त्यहाँबाट थप उपचारका लागि युनिभर्सल मेडिकल कलेज भैरहवामा लगिएको छ।

कसरी घट्यो घटना?

होटलमा तस्करको समूह रहेको जानकारी पाएपछि सादा पोशाकका प्रहरी होटल कलशलाई रेकी गर्न पुगेका थिए।

‘हामीलाई संकास्पद ब्यक्ति रहेको सूचनाका आधारमा सादा पोशाकमा प्रहरी रेकी गर्न पुगेका थिए,’ प्रहरी नायव उपरीक्षक थापाले भने, ‘होटलको १०५ नं कोठामा ४ जना बसेका रहेछन्। सादा पोशाकका प्रहरीले बाहिरबाट चुकुल लगाएर थप टोली मगाए।’

त्यत्तिकैमा भित्रबाट ढोका खोली तस्करको समूह भाग्न खोज्यो।

‘त्यही क्रममा सो समूह र सादा पोसाकका प्रहरीबीच धकलाधकेल भयो,’ उनले भने, ‘त्यसमध्ये एक जनाले प्रहरीको पेस्तोल खोसेर गोली चलायो। उसले चलाएको गोली उसकै साथीलाई लाग्यो।’

उनका अनुसार प्रहरीले घाइतेसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। प्रहरी नियन्त्रणमा रहेकाहरुमा भक्तबहादुर थापा र कर्णबहादुर राउत छन्। गोली चलाउने व्यक्ति फरार रहेको प्रहरी नायव उपरीक्षक थापाले बताए।

त्यस क्रममा प्रहरीले पेस्तोल भने फिर्ता लिएको छ।पहेलोपोस्ट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x