३ श्रावण २०८३, आईतवार

बृन्दावनमा आज देखि मेयर प्रिमियर टि २० नकआउट टुर्नामेन्ट सुरु

एसीपी संवाददाता

९ मंसिर २०७७, मंगलवार १७:२१ मा प्रकाशित

रमेश कुमार यादब-मंसिर ९ गते । रौतहट
रौतहट जिल्लाको वृन्दावन नगरपालिका वर्डा नम्बर ३ मा वृन्दावन मेयर प्रीमियर टि २० नकआउट क्रीकेट प्रतियोगिता आज देखि सुरु भएको छ।स्थानीय महिला तथा बाल विकास केन्द्र नेपाल वृन्दावन नगरपालिका वर्डा नम्बर ३, रौतहटद्वारा संचालित नकआउट क्रीकेट प्रतियोगिता २०७७ श्री जनशक्ति युवा क्लब क्रीकेट टिम विश्रामपुरको आयोजनामा र वृन्दावन नगरपालिकाको आर्थिक सहयोगमा वृन्दावन मेयर प्रीमियर टि २० नकआउट क्रीकेट प्रतियोगिता वृन्दावन नगरपालिका वर्डा नम्बर ३ को स्वास्थ्य चौकी कार्यालय छेउको ईडेनगाडेन प्राङ्गणमा सुरुवात गरिएको छ।वृन्दावन नगरपालिकाको मेयर रामस्नेही राय यादवद्वारावृन्दावन प्रीमियर त्(द्दण् नकआउट क्रीकेट प्रतियोगिता २०७७को उद्घाटन फिता काटेर गरिएको थियो।कार्यक्रम मेयर रामस्नेही राय यादवको प्रमुख आतिथ्यमा र विशिष्ट अतिथि वृन्दावन नगरपालिकाको प्रमुख प्रशासकी अधिकृत नागेन्द्र प्रसाद यादव एव नेकपा तर्फबाट मेयर प्रत्यासी राम प्रसाद राउत रहेका थिए।मेयर रामस्नेही राय यादवले बैटीङ्ग तथा बोलिङ्ग प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र प्रसाद यादव एवं नेकपा नेता राम प्रसाद राउतद्वारा गरिए पश्चताप खेल सुरु हुन भएको थियो मेयर रामस्नेही राय यादवले सम्बोधन गर्दै भने वृन्दावन नगरपालिकामा विकास कार्यको सन्दर्भमा हामी एक छौ” यहाँ कुनै जात ,धर्म ,पार्टी ” लाई पक्ष पात नगरि हामी एक ढिक्का भइ विकास कार्यमा एक मत यस मंचबाट उपस्थितिले जनाएको उनले बताए ।नगरको विकास ‘स्वास्थ्य,शिक्षा’ मेरुदण्ड रहेको उद्रीद गर्दै भने स्वास्थ्य रहनको लागि शिक्षा र शिक्षित रहनको लागि स्वास्थ्य उतिकै आवश्यक हुनु पर्छ खेलकुद पनि त्यतिनै जरुरी रहेको उनले जानकारी गराए ।आजको उदघाटनको खेल मारुती क्रिकेट क्लव गँगा पिपरा र नेपाल अनपुर्णा युथ क्लव गरुडा बिच खेल भएको थियो । गँगा पिपरा टिमको कप्तान र नेपाल अन्पुर्ण युथ क्लव गरुडाको कप्तान चन्द्रमनी रत्न बिच टच हुदा गरुडा टिम टच जितेर बैटिङ्ग गर्ने निर्णय गरेका थिए ।बैटिङ्ग गर्दै १३ ओभरमा १२१ रनको बिशाल स्कोर खडा गरेको थियो ।जवाफी बैटिङ्गमा उत्रेका मारुती क्रिकेट गँगा पिपरा १५ ओभरमा ८५ रन बनाएर अल आउट हुदैँ पराजित भएका थिए ।खेलमा अविजित मैनअफ द म्याच सनि सिँङ भएका थिए ।१६ टिम सहभागी हुने टुर्नामेन्ट मंसिर २३ गते सम्म चल्ने आयोजक टिमका कप्तान रमेश पटेलले जनकारी गराएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x