१४ आश्विन २०८३, बुधबार

बेलायतमै भेटिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि भेटियो

एसीपी संवाददाता

५ माघ २०७७, सोमबार १३:३५ मा प्रकाशित

बेलायतबाट नेपाल आएका तीन जनामा बेलायतमै भेटिएको नयाँ स्वरुपको कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतबाट नेपाल आएका तीन जना (२८ वर्षीया महिला, ६७ वर्षीय पुरुष र ३२ वर्षीय पुरुष) मा नयाँ स्वरुपको कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको हो ।

तीनै जनाको नमुना परिक्षणका लागि मन्त्रालयले हङकङ पठाएको थियो । गत पैष २७ गते परिक्षणका लागि पठाएको नमुनाको नतिजा माघ ५ गते आज आएको र त्यसमा बेलायतमा भेटिएको भेरियन्टकोे संक्रमण भएको पाइएको हो । संक्रमित तीन जना मध्ये २ जनालाई अहिले नेगेटिभ आइसकेको भने ६७ वर्षीय पुरुष भने संक्रमणकै अवस्थामा रहेको मन्त्रालयले जनाएको छ ।

तुलनात्मक रुपमा निकै बढी संक्रामक मानिएको यो स्वरुपको कोरोना भाइरसको संक्रमण फैलिने सम्भावना रहेका कारण सरसफाईमामा ध्यान दिन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x