१ श्रावण २०८३, शुक्रबार

बैकुण्ठधाम सिधनिया, नेपालगन्जमा आज भोलि चर्चा को बिषय

एसीपी संवाददाता

४ कार्तिक २०८१, आईतवार ०९:२५ मा प्रकाशित

काठमाडौं –  बैकुण्ठधाम सिधनिया, नेपालगन्जमा आज भोलि चर्चा को बिषय छ, सिधनियाघाट लाई व्यवस्थि गरि शवदाह को व्यवस्थापन गर्ने सबै को चासो को बिषय छ, डुडुवा गाउपालिका ले यस कार्य को केही बजेट छुट्याई केही निर्माण कार्य पनि गरेको छ ।    नेपाल सरकारले यसपालि को बजेटमा शवदाह गृह निर्माण एवं घाट व्यवस्थापन को लागि एक एक करोड बजेट बिनियोजन गरेको छ, बजेट मा नेकपा एमाले माननीय सांसद दिपा शर्मा रुपाखेती र रा प्र पा का माननीय डां धवल शम्शेर राणा  को पहलमा एक एक करोड रकम विनियोजन भएको हो, उहाँ हरु धन्यबाद समेत दिन चाहन्छु, जग्गा अभाव को कारण ले टेन्डर हुन सकि रहेको छैन, धेरै ढिलो भए बजेट फ्रिज हुने डर हुन्छ, बैकुण्ठधाम व्यवस्थापन समिति ले जग्गा को लागि बयाना बुझाई सकेको छ, जग्गा पास गर्न आवश्यक छ, नेपालगन्जका प्रतिष्ठित व्यापारी एवं समाजसेवी राजेश जैन, पवन जैन र संजय जैन  ले आफ्नो आमाको नाउमा सिधनियाघाट मा घाट र शवदाह ग्रह निमार्ण गर्न प्रयास गरनु भएको थियो तर प्रयास सफल हुन सकेन, उहाँ को सहयोग लिएर जग्गा खरिद गरि उहाँको आमा को नाम जोडन सकिन्छ मैले उहां हरू संग सम्पर्क गर्न समिति लाई सल्लाह दिएको थिए डां कनोडिया ले उहाँ हरु सकारात्मक हुनु हुन्छ, खबर गर्नु भएको छ, यदि फेरि पनि केही रकम अभाव भए उपमहानगरपालिका संग सोध भर्ना सापटी लिएर भए पनि जग्गा तुरन्त किन्नुपर्छ, 2 करोड को काम शुरू गराउनु पर्छ, नेपाल सरकार ले आउने वर्ष मा पुनः बजेट बिनियोजन गर्छ, राप्ती नदी हाम्रो तिर्थस्थल को रूपमा रही आएको छ, प्रत्येक नहान हरू, चाडपर्व हरू, काबरिया, मुर्ति बिसर्जनमा ठुलो संख्यामा भीड लाग्ने गर्छ, त्यस कारण ले त्यस ठाउँमा एउटा भव्य मन्दिर निर्माण गरि बिधिवत प्राण प्रतिष्ठा गरि संचालन गर्नु पर्छ, हिजो भएको छलफल कार्यक्रममा भाषण बढी भयो बिषय केन्द्ररित हुन सकेन, हाम्रो फोकस अहिले महायज्ञ मा बढी केन्द्रित छ तर मुल बिषयमा हामी प्रवेश गर्न सकेका छैनौ, दुवै संग संगै लिएर जानु पर्छ, जग्गा व्यवस्थापन पछि बजेट को व्यवस्थापन नेपाल सरकारले गर्छ, त्यसमा एमाले को तर्फ बाट प्रतिबद्धता व्यक्त गर्दछु, आउने वर्षमा राप्ती तटबन्ध को लागि भारतं सरकार को अनुदान बाट 12 अर्ब को बजेट बिनियोजन भई सकेको छ, त्यसको लाभ पनि प्राप्त हुनेछ, राम्रो कार्य भई रहेको छ, सबै लाई धन्यवाद ।
पशुपति दयाल मिश्र
केन्द्रीय कमिटी सदस्य
नेकपा एमाले

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x