२ श्रावण २०८३, शनिबार

बैठक बोलाए फुटको घोषणा सम्झिनु होला रे – प्रचण्ड

एसीपी संवाददाता

२२ कार्तिक २०७७, शनिबार ०५:०० मा प्रकाशित

: सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्षसहित पाँच जना सचिवालय सदस्य शुक्रबार धुम्बाराहीमा बैठक बसे।

अध्यक्ष प्रचण्डले बोलाएको उक्त बैठकमा अर्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनीनिकट सचिवालय सदस्यहरू सहभागी भएनन्।
झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, नारायणकाजी श्रेष्ठ सहभागी अनौपचारिक बैठकमा प्रचण्डले अर्का अध्यक्ष ओलीसँग भएको छलफलबारे ब्रिफिङ गरेका थिए।
‘औपचारिक बैठक बस्नुभयो भने त्यो नै फुटको घोषणाको बिन्दु हुनेछ भनेर प्रधानमन्त्री ओलीले भन्नु भएको अध्यक्ष प्रचण्डले बैठकमा जानकारी गराउनुभयो,’ बैठकपछि प्रवक्तासमेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले पत्रकारहरूसँग भने।
[07/11, 10:25] K: अध्यक्षद्वय ओली र प्रचण्डबीच बिहीबार बालुवाटारमा छलफल भएको थियो। उक्त छलफलमा सचिवालय बैठक राख्न प्रचण्डले गरेको प्रस्तावमा अध्यक्ष ओली सहमत भएका थिएनन्।
प्रवक्ता श्रेष्ठका अनुसार कार्यकारी अध्यक्ष प्रचण्डले अध्यक्ष ओलीकै सहमतिमा आज अनौपचारिक बैठक राखेको जानकारी दिए।
‘पार्टीलाई विधिपद्धतिका अनुसार सञ्चालन गर्ने, सरकारका कामकारबाही थप प्रभावकारी ढंगले अगाडि बढाउन बारम्बार प्रस्ताव राखियो। तर हिजोसम्म पनि अध्यक्ष ओलीले बैठक बस्न सहमति दिनुभएन,’ श्रेष्ठले भने, ‘कार्यकारी अध्यक्षले औपचारिक बैठक बस्नुभयो भने त्यो नै फुटको घोषणाको बिन्दु हुनेछ भन्नुभएछ।’
सचिवालयका सबै सदस्यलाई जानकारी दिएर कार्यकारी अध्यक्षले आज अनौपचारिक बैठक राखेको उनले बताए। 

तर बैठकमा अध्यक्ष ओलीसहित उनी पक्षका ईश्वर पोखरेल, विष्णु पौडेल र रामबहादुर थापा बादल सहभागी भएनन्।
‘अध्यक्ष ओलीकै सहमतिमा अनौपचारिक बैठक आह्वान गरेको हो। सबै सदस्यलाई बैठकबारे जानकारी गराइएको थियो। केही कमरेडहरू व्यस्तताले गर्दा आउनुभएन,’ उनले भने, ‘अध्यक्ष ओलीले हिजै प्रचण्डसँग अनौपचारिक बैठकमा आफू उपस्थित हुन नसक्ने जानकारी गराउनुभएको रहेछ।’
पछिल्लो समय बसेको स्थायी कमिटीले गरेका निर्णयको कार्यान्वयन प्रक्रियामा समस्या आएपछि नेकपाभित्र विवाद छ। 
पार्टीका सचिवालय सदस्यहरूले लिखित र मौखिक रूपमा सचिवालय बैठक तत्काल बोलाउन माग गरे पनि अध्यक्ष ओली सहमत भएका छैनन्।
सचिवालय बैठक बोलाउन प्रचण्डले अर्का अध्यक्ष ओलीसँग बारम्बार पहल गरे पनि बैठक आह्वान नभएको श्रेष्ठ बताउँछन्।
‘कार्यकारी अध्यक्ष प्रचण्डले बैठक बोलाउन सक्ने भए पनि सकभर सहमतिमै सचिवालय बैठक राख्न खोजिएको छ। भोलि अध्यक्ष ओलीलाई भेटेर सहमतिमै छिटो सचिवालय बैठक राख्न आग्रह गर्न निर्णय भएको छ,’ उनले भने।
अहिलेसम्म भएका कामको समिक्षा गर्न, एकताबद्ध बनाएर पार्टीलाई अगाडि लैजान पनि छिटो सचिवालय बैठक बस्नुपर्ने श्रेष्ठको भनाइ छ। सेेेतो पाटी
 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x