१ श्रावण २०८३, शुक्रबार

भारत र क्यानाडा नेपालको बिवाद थप बढदै

एसीपी संवाददाता

२९ आश्विन २०८१, मंगलवार १०:२९ मा प्रकाशित

छिमेकी मुलुक भारत र क्यानडाबीचको तनाव झन् बढदै गएको छ । एक अर्का मुलुकले नियोगका उच्च आयुक्तहरुको देश निकाला गरिसकेको खबर छ।

भारतले क्यानडाबाट आफ्ना उच्चायुक्त सञ्जयकुमार वर्मा र अन्य कूटनीतिज्ञहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ। यससँगै भारतले दिल्लीस्थित क्यानडाको उच्चायोगका ६ शीर्ष कूटनीतिज्ञलाई देश निकाला गर्ने निर्णय गरेको छ।

क्यानडाका स्टीवर्ट रस व्हीलर ९कार्यवाहक उच्चायुक्त०, प्याट्रिक हेबर्ट ९उप उच्चायुक्त०,मेरी क्याथरिन जोली ९प्रथम सचिव०, इयान रस डेभिड ट्राइट्स (प्रथम सचिव),एडम जेम्स चुइप्का ९प्रथम सचिव०, पाउला अर्जुएला ९प्रथम सचिव० लाई भारतीय विदेश मन्त्रालयले १९ अक्टोबर राति ११ बजेर ५९ मिनेटअघि भारत छोड्न भनेको छ।

क्यानडाले हालसम्म भारतबाट ४१ कूटनीतिक अधिकारी फिर्ता लिएको छ।

गत वर्ष क्यानाडाको भूमिमा सिख पृथकतावादीको हत्यालाई लिएर विवाद बढ्दै गएपछि भारत र क्यानडाबीचको कूटनीतिक सम्बन्ध अहिलेसम्मकै तल्लो स्तरमा पुगेको हो।

उक्त प्रकरणमा भारतले असहयोग गरेको क्यानडाका प्रधानमन्त्री जस्टिन ट्युडोले बताइसकेका छन्। यो प्रकरणले दुई देशबीच कुटनीतिक तहमा नै तनाव आएको हो। क्यानडामा ठूलो संख्यामा भारतीयको बसोबास रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x