३ श्रावण २०८३, आईतवार

भारत सरकारको सहयोग गोर्खामा निर्माण भएको बिद्यालयको उद्घाटन

एसीपी संवाददाता

१२ मंसिर २०७७, शुक्रबार १९:२४ मा प्रकाशित

भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले शुक्रबार गोरखाको तीनवटा विद्यालय उद्घाटन गरेका छन्। भारत सरकारको सहयोगमा गोरखा नगरपालिका वडा नम्बर ८ मा निर्माण भएको रत्नलक्ष्मी मावि, ९ को महालक्ष्मी मावि र १० को तारा माविको उद्घाटन गरेका हुन्।

महालक्ष्मी माविमा आयोजित एउटा कार्यक्रम मार्फत तीनवटै विद्यालयको उद्घाटन गर्दै सचिव श्रृं्गलाले नेपाल एकीकरण निर्माता पृथ्वी नारायण शाहको ठाउँ, विश्वभरी विरताको रुपमा चिनिएका गोरखा आउन पाउँदा निकै खुसी लागेको बताए। हरेक वर्ष भारत सरकारले तीन हजार नेपाली विद्यार्थीलाई छात्रवृित्त दिँदै आएको, पुनर्निर्माणमा सघाईरहेकाले यसले नेपाल भारको मैत्री सम्बन्ध अमर रहने उनले विश्वस ब्यक्त गरे। सचिव श्रृं्गलाले नेपाली सेनाको हेलिकप्टरबाट गोरखा आएका थिए।

विद्यालय उद्घाटन कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव रामकृष्ण सापकोटाले भूकम्पपछिको पूर्वाधार पुनर्निर्माणमा भारत सरकारले ठूलो सहयोग गरेको बताए। ‘यो सहयोगले नेपाल भारतको सम्बन्ध अझै मजवुत बनाउनेछ’ उनले भने। कार्यक्रममा गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले सचिव हर्षवद्र्धन श्रृंगलालाई गोरखाको गोरखनाथ मन्दिर, भारतमा रहेको गोर्खा सैनिक आदी कारणले दुई देशबीच धार्मीक र सामाजिक सम्बन्ध रहेको बताए। गोरखा नगरपालिका र भारतको गोरखपुर बीच भगिनी सम्बन्ध कायमको प्रस्ताव गर्दै मेयर पन्तले सहयोग गरिदिन अनुरोध गरे। जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङले पुनर्निर्माणमा भारत सरकारले गरेको सहयोगको प्रशंसा गरे।

२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त निजी आवास, विद्यालय सडक, स्वास्थ्य चौकी तथा पुरातात्विक सम्पदा पुनर्निर्माणका लागि भारत सरकारले एक खर्ब रुपैयाँ अनुदान प्रदान गरेको जनाएको छ। सो रकमले गोरखामा २६ हजार नौ सय १२ वटा र नुवाकोटमा २३ हजार ८८ वटा निजी आवास पुनर्निर्माण भईरहेको नेपाल आवास पुनर्निर्माण परियोजना गोरखास्थित कार्यालयका प्रमुख राम सापकोटाले बताए।

सन् २०१८ को मार्च महिनादेखि लागू भएको भारत सरकारबाट सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजना अन्तर्गत गोरखामा २५ हजार १७ निजी आवास र तीनवटा विद्यालय भवन पुनर्निर्माण भएको छ।

भूकम्प प्रभावित बिभिन्न जिल्लामा ७० वटा विद्यालय निर्माणको चरणमा रहेका छन्। त्यस्तै १४७ वटा स्वास्थ्यचौकी, एउटा लाइब्रेरी र २८ वटा पुरातात्विक सम्पदाको पुनर्निर्माण भइरहेको परियोजना कार्यालयले जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x