१३ आश्विन २०८३, मंगलवार

भारतबाट सहुलिएत दरमा २० लाख खोप दुई साताभित्र नेपाल आउने – मन्त्री त्रिपाठी

एसीपी संवाददाता

७ फाल्गुन २०७७, शुक्रबार १८:०८ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले भारत सरकारले केहि दिन आगाडी सेरम इन्सटिच्युट अफ इडियाले उत्पाद्न गरेको कोभिसिल्ड १० लाख खोप सहयोग गरेको र अहिले कोभिसिल्ड खोप सरकारले आफै खरिद गर्न आगेको जानकारी दिएका छन् । अहिले २० लाख डोज खोप खरिद गर्ने प्रक्रिया पूरा भएको बताएका छन् ।

बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले ४ डलरका दरले सहुलियतमा खरिद गर्न लागेको उक्त खोप दुई साताभित्र नेपाल आउने जानकारी दिए । ‘प्रतिडोज चार डलर तिरेर २० लाख डोज खरिद गर्ने प्रक्रिया पूरा गरिसकेका छौं । आउने दुई हप्तामा उक्त खोप नेपाल आइपुग्ने मन्त्री त्रिपाठीले भने ।

कोभिसिल्ड खोप खोप फागुन २३ गतेदेखि जोखिम समूहमा रहेका ५५ वर्षभन्दा माथिको उमेर समूहका व्यक्तिलाई लगाइने मन्त्रालयको योजना रहेको छ । यसअघि अस्पताल र खोप केन्द्रबाट खोप लगाइने गरिएकोमा अब समुदायमा गएर खोप लगाइने छ ।

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले अक्सफर्ड आस्ट्राजेनेकाको खोपलाई आपत्‌कालीन प्रयोगका लागि सूचीकृत गर्दै कोभ्याक्स अभियानबाट वितरण गर्न अनुमति दिएसँगै त्यसले नेपालमा थप खोप भित्र्याउन बाटो खोल्ने अधिकारीहरूले बताएका छन्।

डब्ल्यूएचओले जिनिभामा गरेको उक्त निर्णयले कोभ्याक्स अभियानमा आवद्ध भएर खोप पर्खिरहेका नेपाल जस्ता कैयौँ देशलाई फाइदा पुग्ने छ । कोभ्याक्सले प्रतिवद्धता जनाएअनुसार साढे २२ लाख डोज खोप प्राप्तीका लागि आफूहरुले सम्पूर्ण प्रक्रिया पूरा गरेको पनि पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले जानकारी दिए । कोभ्याक्सले आफ्नो अन्तरिम खोप वितरण योजनामा सिरम इन्स्टिच्युटमा उत्पादित २२ लाख ५६ हजार खोप नेपाललाई फेब्रुअरी महिनाको अन्त्यबाट उपलब्ध गराउने जनाएको थियो ।

अहिले बिश्व भर नै भारतको सिरम कम्पनीले उत्पादन गरेको कोभिसिल्डको माँग थुप्रै देशहरुमा बढेको छ । डब्ल्यूएचओले कोरियाको आस्ट्राजेनेका(एसकेबायो र भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको अक्सफोर्ड आस्ट्राजेनेकाको खोप सूचीकृत भएको जनाएको हो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x