३२ असार २०८३, बिहीबार

भारतले आफ्नो जनताको रक्षाको आतंकवादी ठेगानामा आक्रमण मधेश प्रदेशको पुर्ण समर्थन

एसीपी संवाददाता

२७ बैशाख २०८२, शनिबार १२:५१ मा प्रकाशित

जम्मु-कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणमा एक नेपालीसहित २६ निर्दोष जनताको ज्यान गयो । ती व्यक्तिहरू केवल नाम र आँकडा होइनन्—उनीहरू कसैको बाबु थिए, कसैको आमा, छोरी, दाइ, साथी थिए। ती ज्यानहरूसँगै धेरै सपना पनि मरे।

आज भारतले आफ्ना नागरिकको सुरक्षा सुनिश्चित गर्न साहसी निर्णयहरू लिँदै आएको छ। जब कुनै राष्ट्र बारम्बार आतङ्कको निशानामा पर्छ, तब प्रतिकार गर्नु अधिकार मात्र होइन, दायित्व पनि हुन जान्छ । भारतको यी प्रयासहरूलाई हामीले समर्थन गर्नुपर्छ, किनभने आतङ्कविरुद्धको लडाइँ कुनै एक देशको मात्र होइन, हामी सबैको साझा लडाइँ हो।

मधेश प्रदेशका जनताले सधैं मानवता, शान्ति र न्यायको पक्षमा उभिने परम्परा बोकेका छन्। हाम्रो प्रदेशले पनि विगतमा अनेकौं पीडा र संघर्ष भोगेको छ, त्यसैले हामी भारतका आम जनताको पीडामा गहिरो आत्मीयता महसुस गर्छौं।

म मधेश प्रदेशको मुख्यमन्त्रीको हैसियतले भारत सरकार र त्यहाँका जनताप्रति गहिरो संवेदना र ऐक्यबद्धता व्यक्त गर्दछु। भारतमाथि भएको आक्रमणप्रति हाम्रो धारणा स्पष्ट छ—आतङ्कवादको कुनै धर्म, जात, वा सिमाना हुँदैन। यस्तो कायरता मानवता विरुद्धको अपराध हो, र यसको प्रतिकार आवश्यक छ।

आजको घडीमा हामीलाई चुप लाग्नु होइन, सत्यको पक्षमा बोल्न आवश्यक छ। आतङ्ककारीहरूलाई मौन साथ होइन, खुलेर प्रतिकार चाहिन्छ।

मधेश भारतको साथमा छ—आज पनि, भोलि पनि, र सदैव।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x