३२ असार २०८३, बिहीबार

भारतले नेपाललाई बिजुली दिने समय बढायो, उद्योगले मागे जति बिजुली पाउने

एसीपी संवाददाता

१९ बैशाख २०८२, शुक्रबार १०:०८ मा प्रकाशित

इन्डियन एक्सचेन्ज मार्केटले बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म ढल्केबर मुजफ्फरपुर लाइनमार्फत ६०० मेगावाट विद्युत् उपलब्ध गराउँदै आएको थियो । तर, बिहीबारदेखि ४ घण्टा समय थप गरी बिहान २ बजेदेखि साँझ ५ बजेसम्म नेपाललाई बिजुली उपलब्ध गराउने भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार नदी नालाहरूमा पानीको बहाव बढेसँगै तथा निजी क्षेत्रबाट उत्पादन भइरहेको विद्युतको मात्रा समेत बढेको र भारतले समेत खरिदको बिजुली उपलब्ध गराउने समय थप गरेका कारण हाल उद्योगमा भइरहेको विद्युत् कटौती कम हुने र बिहान २ बजेदेखि साँझ ५ बजेसम्म औद्योगिक ग्राहकहरूले माग अनुसारको विद्युत पाउने छन् ।

औद्योगिक क्षेत्रमा नियमित र भरपर्दो विद्युत् उपलब्धतालाई हालको व्यवस्थापनले उच्च प्राथमिकतामा राखि कार्य गरिरहेकोले माग अनुसार कम भएको विद्युत् आपूर्ति आन्तरिक उत्पादनले उपलब्ध गराउन नसकुन्जेल भारतबाट अधिकतम मूल्यमा समेत आयातको प्रयास गरिएको र यसले औद्योगिक ग्राहकहरूमा देखिएको समस्या समाधान हुने विश्वास प्राधिकरणको छ । अनलाइनखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x