भारतले सीमानाका एकतर्फी सहज गर्दा नेपाल प्रहरीलाई थप चुनौती

भारतले सीमा नाका एकतर्फी रूपमा सहज गरेको कारण बिस्तारै रुपैडिहा बजारमा चहलपहल बढेको छ । बाकेको जमुनाह सिमानाका बाट हुँदै भारतको लखनउ नानपारा , बहाराइच दिल्ली सम्मका लागि मुख्य नाका जमुनाह रहेकोे छ । अहिले दैनिक हजारौंको संख्यामा भारत तर्फ कमाउन नेपालीहरु जाने गरेका छन् । ईलाका प्रहरी कार्यलय जमुनाहका इन्चार्ज बिष्णु गिरिका अनुसार अहिले भारतीय सुरक्षा निकायले आवत जावत सहज गरेकोले नेपाल सिमा छेत्र सिमानामा अहिले भिड लाई बेवास्थित गर्न गार्हो भएको छ । बागेश्वरी असल शासन क्लबको समन्वयमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यलय बाके सङको सहकार्यमा हेल्प सेवा शुरु गरेकोले आवत जावत गर्ने ब्याक्तिहरु पहिचान गरि आवत जावत गर्न दियेको इन्चार्ज गिरिले बताउनु भयो । नाकामा थप सुरक्षा सतर्कता बढाइएको छ। यसको भारत तर्फ बाट आवत जावत गर्नेको भारतीय सुरक्षा निकाय केही न गरेरै सजिले आवत जावत गर्न दिएकोमा नेपाल् प्रहरीलाई झन गार्हो भैरहेको छ । अहिले जमुनाह सिमामा भिडको आवस्थाले यो कुरा आफै प्रष्ट गरेको छ । आवत जावत मान्छेहरूका अनुसार नेपाल भारत समबन्धका कारण पनि आउने जानेको भिड लाग्ने गरेको छ ।
भारतको गृहमन्त्रालयले अन्तर्राष्ट्रिय सीमानाका खुला गर्न औपचारिक रुपमा निर्देशन दिएपछि भारतबाट नेपालतर्फ आउनेको भीडलाई रोक्न सीमा क्षेत्रमा थप सुरक्षा चुनौतीपूर्ण रहेको छ ।
नेपाल सरकारले आगामी कात्तिक ३० गतेसम्म अन्तर्राष्ट्रिय सीमा नाका खुला नगर्ने यस अघिनै निर्णय गरेकाले भारतले खुला गरे पनि नेपाल आउन नमिल्ने अताउदै आएको छन ।
नेपाली बाहेकका जो सुकैलाई पनि आउन नदिने इन्चार्ज गिरिले बताउनु भयो ।
यता भारतले एकतर्फी नाका खोलेपछि नेपाली सीमानामा सुरक्षा चुनौती थपिएको छ। नेपालमा कोरोना महामारी झनै बढेको समयमा नाका खोल्दा सीमानामा भारतबाट अनाधिकृत रुपमा पस्न खोज्नेलाई रोक्न सुरक्षा निकायलाई चुनौती थपिएको हो।
उनीहरुलाई नेपालमा सीमा सिल कायमै रहेको जानकारी गराइ गैर नेपाली नागरिकलाई फिर्ता पठाउने गरिएको जानकारी दिनु भयो ।



