भारतीय विदेश सचिव नेपाल भ्रमणमा आउदै
भारतीय विदेश सचिव आगामी महिना नेपाल भ्रमणमा आउने भएका जनाएका छन् ।
भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे नेपाल भ्रमण गरेर फर्किएको एक सातापछि विदेश सचिव हर्ष वर्धन श्रींग्ला नेपाल भ्रमणमा आउने कार्यक्रम तय भएको हो ।
उनी यही नोभेम्बरको अन्त्यमा काठमाडौं आइपुग्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् । पछिल्लो समय केही नेपाल भारत बिचको तिक्तताका बिच अहिले बिस्तारै सम्बन्ध सुमधुर बन्दै गएको छ । विशेषगरी नेपालसँग पछिल्लो समय चिसिएको सम्बन्ध सुधारका लागि उनको भ्रमण हुन लागेको बताइएको छ ।
प्रधानमन्त्री केपि ओलिका बयानलाई लिएर केही असमन्जस भएको थियोे । राम नेपालमा जन्मेको भन्ने जस्ता बयानले केही असमजसले नेपाल भारत बिच वार्ता रोकिएको थियोे । अहिले आएर
नेपालसँगको सम्बन्ध सामान्य बनाउन भारतले ठूलो कदम चालेको भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । टाइम्सका अनुसार भारतीय विदेश सचिव श्रींग्ला आगामी मंसिर ११ मा नेपाल आउने र १२ मा फर्कने छन् । नेपाल भ्रमणको अवसरमा श्रींग्लाले प्रधानमन्त्री केपी शर्मा ओलीसहित राष्ट्रपति विद्यादेवी भण्डारी, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई पनि भेट गर्नेछन् ।
श्रींग्लाको भ्रमणमा संयुक्त प्राविधिकस्तरीय सीमा समितिको बैठकको मिति समेत तय गरिने बताइएको छ ।


