१ श्रावण २०८३, शुक्रबार
भेरीका मेसु डा.थापाको पहिले रिपोर्ट नेगेटिभ अहिले पोजेटिभ

भेरी अस्पताल नेपालगन्जका मेसु डा प्रकाश थापालाई कोरोना भाइरस संक्रमण देखिएको छ ।
दुई दिन देखि अस्वस्थ मेसु थापाले सोमबार कोरोना परिक्षणका लागि स्वाब दिनु भएको थियो । ज्वरोसंगै शरीर असाध्यै दुखे पछि सोमबार हिजो नमुना दिएको थिए मेसु थापाले भन्नुभयो । तीन दिन अघि दिएको नमुनाको रिपोर्ट भने उहाँको नेगेटिभ आएको थियो । हिजो भन्दा आज अलि केही सहज फिल भैरहेको मेसु थापाले बताउनुभयो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण र बिरामीकै उपचारमा पनि मेसु थापा आफै खटिदै आउनु भएको थियो । हाडजोर्नी विशेषज्ञ समेत रहनु भएका डा थापा संगै भेरीमा करिब एकदर्जन विशेष चिकित्सकलाई भाइरस संक्रमण भैसकेको छ । त्यस्तै भेरीमै कार्यरत दुई दर्जनबढी स्वास्थ्यकर्मीपनि संक्रमीत भएका छन । संक्रमीत अधिकांश चिकित्सक तथा स्वास्थ्यकर्मी निको भएर काममा फर्किसकेका छन ।
Subscribe
Login
0 Comments



