मंगलबार २९ थपिदाँ बुधबार ७३ जना कोरोना संक्रमित घर तिर

बाँकेमा बुधबार आज थप ७३ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ३ सय ३७ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोभिड(१९ फोकल पर्सन नरेश बाबु श्रेष्ठले दैनिक जारी कोरोना सुचना अनुसार जानकारी दिनु भयो ।
भेरीका मेसु डा.थापाको पहिले रिपोर्ट नेगेटिभ अहिले पोजेटिभ
अब आइसोलेसनमा ३ सय ३१ जना छन् । बाँकेमा हालसम्म १ हजार ६ सय ७४ जनामा कोरोना पुष्टि हुँदा ११ जनाको भने मृत्युु भइसकेको छ ।
यसै बीच भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा मंगलवार २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार २९ जनामध्ये १३ जना बाँकेका रहेको र बाँकी बर्दियाका रहेका छन् । भेरी अस्पतालले २ सय जनाको परीक्षण गर्दा २९ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।




