१ श्रावण २०८३, शुक्रबार
मगंलबार बिहानैदेखि नेपालगन्जमा चिसो
मगंलबार बिहानैदेखि नेपालगन्जमा बढेकोे चिसो र शीतलहरको कारण तराईको जनजीवन प्रभावित भएको छ।
बिहानैदेखि पर्ने शीतलहरले गर्दा तापक्रम झरेर सर्वसाधारणको दैनिकी समेत प्रभावित भएको छ।
कुहिरो र चिसो हावा बतासले हात खुट्टा नै कठ्यांग्रिन थालेपछि दैनिक काम गर्न सर्वसाधारणलाई समस्या भएको छ। चिसोलाई छल्न चोक चोकमा सर्वसाधारणले आगो बालेका छन्।
शीतलहरले समग्र जनजीवन प्रभावित भएको छ। उपमहानगरपालिका नेपालगन्जले यसतर्फ पनि ध्यानाकषिर्त गर्न जरुरी देखिन्छ ।
अत्यधिक जाडोले गर्दा तराईको यात्रा, शिक्षा, व्यवसाय, खानपान तथा रहनसहनदेखि सामान्य दैनिकीको सम्पूर्ण प्रक्रिया प्रभावित भएको हो।
Subscribe
Login
0 Comments



