२३ जेष्ठ २०८३, शनिबार

मधेसमा चिनियाँ मिसन संचालन गर्न खोजेका उपेन्द्र यादवलाई के पार्टी कार्यवाही गर्ने तयारीमा छ ?

एसीपी संवाददाता

२ माघ २०७७, शुक्रबार १३:३६ मा प्रकाशित

मधेसमा चिनियाँ मिसन चलाउन खोजेका उपेन्द्र यादवलाई उनको पार्टीले कारवाही गर्ने भएको छ । चीनको मिसनअन्तर्गत आन्दोलनमा अनिवार्य उपस्थिति हुन उर्दी जारी गर्ने र कार्यकर्ता धम्क्याउने यादवलाई पार्टीले कारवाही गर्ने तयारी गरेको हो।

जनता समाजवादी पार्टी (जसपा)ले माघ ३ गते शनिबार सिरहामा विरोध कार्यक्रम गर्दैछ।

जसपा अध्यक्ष उपेन्द्र यादवले पूर्व राजपा पक्षलाई पेल्दै कार्यक्रममा वरियता मिच्न थालेपछि कार्यक्रम विवादित बनेको हुलाकी न्युजले समाचार प्रकाशित गरेको छ ।

पार्टी वरियता क्रममा महेन्द्र यादवभन्दा तल रहेका राजकिशोर यादवलाई सिरहाको कार्यक्रममा तल्लो स्थानमा राखिएको छ।

सिरहाको कार्यक्रममा पहिलो वरियतामा रेणु यादव, दोस्रोमा प्रकाश अधिकारी र तेस्रोमा विजय यादवलाई राखिएको हो। चौथो नम्बरमा मात्र राजकिशोर यादवलाई राखिएको छ।

जबकी राजकिशोर यादव पार्टीको वरियतामा रेणु यादव, अधिकारी र विजय यादवभन्दा माथि छन्।

आफ्नो वरियता क्रम मिचेर अपमानित गर्न खोजेको भन्दै राजकिशोर यादव उक्त कार्यक्रमको बहिस्कार गर्ने जनाएका छन्।

राजकिशोर यादवका समर्थकहरुले कार्यक्रमको प्रतिकारसमेत गर्न सक्ने सम्भावना रहेको छ।

पार्टीमा वरियताक्रम मिचेर कार्यक्रम आयोजना गर्न लागिएको विषयमा राजकिशोर यादव निकट नेता राजाराम यादवले उपेन्द्र यादवसँग टेलिफोन सम्वाद गरेका थिए।

जसमा उपेन्द्र यादवले राजकिशोर यादवलाई केपी ओलीको कार्यक्रममा सहभागी हुन भनेका छन् भने पार्टी छोडेर भाग्न भनेका छन्।

उपेन्द्र यादवको यस्तो अभिव्यक्ति पछि राजाराम यादवले पनि उपेन्द्र यादवलाई पार्टीबाट कारवाही गर्ने चेतावनी दिएका छन्।

यसअघि अनिल झाको पनि वरियता क्रम पनि मिचेर कार्यक्रम आयोजना गर्ने भनिएको थियो। झाले आपत्ति जनाएपछि उनलाई रौतहटमा आयोजित कार्यक्रमको विशेष अतिथि बनाइएको थियो। नेपालपाना बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x