मधेसी आयोगको सदस्यमा नियुक्त हुनुभएका विजय गुप्तालाई सम्मान
नेपालगञ्जस्थित सुन्दर काण्ड मित्र मण्डलले मधेसी आयोगको सदस्यमा नियुक्त हुनुभएका विजय गुप्तालाई आज सम्मान गरेको छ ।
मित्र मण्डलले भेरी अस्पतालमा प्रति छाक २० रुपैयाँमा खाना खुवाउँदै आएको छ । सोही स्थानमा सम्मान कार्यक्रम गरिएको हो । गुप्तालाई सम्मान गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाले संवैधानिक परिषद्ले योग्य ब्यक्तिलाई आयोगको सदस्यको रुपमा जिम्मेवारी दिएको भन्दै नेपालगञ्जबासी उत्साहित भएको बताउनुभयो ।
मधेसी आयोगका सदस्य गुप्ताले आयोगले मुलुकमा जातीय सद्भाव बढाउन भूमिका निर्वाह गर्ने बताउनुभयो । गुप्ताले आयोगको सदस्यसँगै आफूूले सामाजिक सेवाको कामलाई निरन्तरता दिने बताउनुभयो । कार्यक्रममा भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. प्रकाश थापा, पूूर्व मेडिकल सुुपरिटेण्डेण्ट डा. श्यामसुन्दर यादव, उद्योगपति कन्हैयालाल बैद्य, प्रदिप छाछेड, नेपाली काँग्रेसका नेता प्रशान्त विष्ट, राप्रपाका नेता ऋषिराज देवकोटा लगायतको उपस्थिति थियो ।


