१ श्रावण २०८३, शुक्रबार

महानिर्देशक अधिकारीलाई भ्रष्टाचारी भन्दै विरोध प्रदर्शन

एसीपी संवाददाता

९ मंसिर २०८१, आईतवार २०:०४ मा प्रकाशित

काठमाडौं, २०८१ मंसीर ९ – भ्रष्टाचारविरुद्धको विरोध प्रदर्शन आज काठमाडौंमा सम्पन्न भएको छ। राष्ट्रिय एकता अभियान, काठमाडौंले जिल्ला नागरिक उड्डयन प्राधिकरण कार्यालय, बबरमहलको अगाडि धर्ना कार्यक्रमको आयोजना गरेको थियो।

धर्नामा सहभागीहरूले विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको छानबिन र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई बर्खास्त गर्न माग गरे। कार्यक्रममा अभियानका मधेश प्रदेश सम्पर्क समितिका संयोजक बिनोद सिंहले नेतृत्व गरेका थिए। कार्यक्रममा केन्द्रीय अध्यक्ष विनय यादव, केन्द्रीय सदस्य चन्द्र यदुवंशी, र स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो।

सहभागीहरूले “पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालन गर”, “विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको छानबिन गर”, “नागरिक उड्डयन प्राधिकरणका असफल र भ्रष्ट महानिर्देशकलाई बर्खास्त गर”, “चिनियाँ राजदूतसँग कूटनीतिक नोट माग गर” जस्ता नारासहित प्लेकार्ड बोक्दै प्रदर्शन गरेका थिए।

प्रदर्शनकारीहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन, निर्माणमा भएका प्राविधिक त्रुटिहरू समाधान गर्न, र विमानस्थल निर्माणका लागि लिएको चर्को ब्याजदरको ऋणलाई अनुदानमा परिणत गर्न सरकारलाई दबाब दिएका छन्।

कार्यक्रममा सहभागीहरूले भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै, विमानस्थल सञ्चालन र भ्रष्टाचारको छानबिनमा तत्काल कदम चाल्न सरकारलाई चेतावनी दिएका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x