५ असार २०८३, शुक्रबार

महासंघले विरगन्जमा एक विरोध र्‍याली निकाल्दै पाकिस्तानका प्रधानमन्त्री इमरान खानद्वारा गरिएको हस्तक्षेपको भत्सर्ना

एसीपी संवाददाता

२७ असार २०७७, शनिबार १५:३४ मा प्रकाशित

काठमाडौं । नेपाल विश्व हिन्दू महासंघले पाकिस्तानको इस्लामाबादमा निर्माणाधिन पहिलो एतिहासिक हिन्दू मन्दिर निर्माण कार्य गर्न रोक लगाएको प्रति घोर भत्सर्ना गरेको छ।

महासंघले विरगन्जमा एक विरोध र्‍याली निकाल्दै पाकिस्तानका प्रधानमन्त्री इमरान खानद्वारा गरिएको हस्तक्षेपको भत्सर्ना गरेको छ। महासंघले र्‍यालीपछि कोण सभा गर्दै इमरानको पुत्ला समेत दहन गरेको छ।

इस्लामावादमा हिन्दु मन्दिर बनाउन दिनु हुँदैन भनेर दर्ता गरिएको रिट निवेदन पाकिस्तानको अदालतले खारेज गरेपछि महासंघले आपत्ति जनाएको हो। महासंघका उपाध्यक्ष विजय प्रकाश निषादको नेतृत्वको निकाएको विरोध र्यालीमा करिब बढीको सहभागिता रहेको थियो।

उपाध्यक्ष निषादले भने, “पाकिस्तानमा अल्पसंख्यक हिन्दु समुदायमाथि अहिले पनि त्यहाँको सरकारले दमन गरिरहेको छ।, हिन्दु मन्दिर बनाउन नदिनु अर्को ठुलो अपराध त्यहाँको सरकारले गरिरहेको छ।”

पाकिस्तान सरकारले यसअघि राजधानी इस्लामावादमा हिन्दु मन्दिर बनाउन १० करोड रकम विनियोजन गरेको थियो । तर, पाकिस्तानी मुस्लिम लिग (पीएमएल क्यू) ले राजधानी इस्लामावादमा हिन्दु मन्दिर बनाउने विषयमा विरोध गर्दै रोक लगाएको थियो ।

इस्लामावादमा हिन्दु मन्दिर बनाउनु इस्लामको आत्मसम्मानमा चोट लाग्‍ने र रियासत-आई-मदिनाको अपमान भएको जनाएको थियो । यस विषयलाई लिएर काउन्सिल अफ इस्लामिक आइडियोलोजीले उच्च अदालतमा मुद्दा हालेको थियो ।

इस्लामावाद उच्च अदालतले मंगलबार उक्त मुद्दा खारेज गरेको हो । इस्लामावादमा ०.२ हेक्टरको जमिनमा हिन्दु मन्दिर बनाउने र दाहसंस्कारका लागि घाट बनाउने योजना बनाइएको थियो।

उच्च अदालतले मुद्दा खारेज गरे पनि सरकारी अधिकारीहरुले भने मन्दिरको निर्माण कार्य अघि बढाउने विषय निश्‍चित भइ नसकेको बताएका छन् । यसका लागि काउन्सिल अफ इस्लामिक आइडिओलोजी, सरकारको प्रतिनिधि र धार्मिक नेतासँग बसेर थप छलफल गरिने जनाइएको छ । सरकारले सबैसँग छलफल गरिसकेपछि निर्णय गर्ने बताइएको छ ।

पीएमएल-क्यूले अल्संख्यकको अधिकारको सम्मान गर्नेसमेत जनाएको छ । इस्लामावादमा करिब तीन हजार हिन्दु समुदाय रहेको छ । उक्त मन्दिर इस्लामावादको हिन्दु पञ्‍चायतले बनाउने र उक्त मन्दिर श्रीकृष्णको हुने जनाइएको थियो ।सभार – लोकपथ.कम

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x