३२ असार २०८३, बिहीबार

महोत्तरी जलेश्वरकी यास्मिन नाजको कम्पनी कतारमा सम्मानित

एसीपी संवाददाता

२१ बैशाख २०८२, आईतवार १३:३६ मा प्रकाशित

एजेन्सी = खाडी मुलुक कतारमा एक नेपालीले सञ्चालन गरेको कम्पनीले प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ। महोत्तरीको जलेश्वरकी यास्मिन नाजले कतारमा सञ्चालनमा ल्याएको ‘क्युएसटी ट्रेनिङ एन्ड कन्सल्टेन्सी’ले ‘कतार सिएसआर अवार्ड–२०२५’ अवार्ड प्राप्त गरेको हो। 

राजधानी दोहामा आयोजित कतार सिएसआर समिटको अवसरमा सिएसआरका प्रमुख सैफ अलि अलहजरीले यास्मिनलाई अवार्ड प्रदान गरेका हुन्। कतारका प्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद बिन अब्दुलरहमान बिन जासिम अल थानीको संरक्षण रहेको कतार विश्वविद्यालयलगायतले यो पुरस्कार वितरण गर्दै आइरहेका छन्। सिएसआर अवार्ड कतारको सामाजिक क्षेत्रमा योगदान पुर्याउने कम्पनी तथा संस्थाहरूलाई प्रदान गरिन्छ।

कतारमा सिएसआर अवार्ड प्राप्त नेपालीको पहिलो कम्पनी बन्न सफल भएको यास्मिनले बताइन्। सन् २०११ मा त्रिभुवन विमानस्थलमा गेस्ट सर्भिस स्टाफको रूपमा काम गरेकी यास्मिन एक दशकदेखि कतारमा बस्दै आएकी छिन्। मधेशी मुस्लिम समुदायकी उनी आफैँले ‘क्युएसटी ट्रेनिङ एन्ड कन्सलटेन्सी’ सञ्चालनमा ल्याउँदै नेपालीको पहिचान बदल्न प्रयत्नरत छिन्।

यास्मिनको कम्पनीले कतारमा नेपालसहित भारत, फिलिपिन्स, श्रीलंका, अफ्रिकालगायत विभिन्न देशका श्रमिकहरूलाई सःशुल्क तथा निःशुल्क रूपमा सिपमूलक र वृत्ति विकासका लागि प्रशिक्षण प्रदान गर्दै आइरहेको छ। सामाजिक क्षेत्रमा पनि सक्रिय यास्मिनलाई कतारका सरकारी एजेन्सीहरूले निरन्तर समन्वय गरी नेपाली श्रमिकहरूको हितमा काम गर्न पनि सुझाउँदै आएको छ।

कतारका सरकारी निकायले नेपालीप्रति विगतमा राखेको सोचमा परिवर्तन आइरहेको भन्दै यास्मिनले नेपालीहरू श्रमिकको हित र सामाजिक क्षेत्रमा राम्रो काम गरिरहेको धारणा बनेको बताइन्। एजेन्सीन्युज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x