१ श्रावण २०८३, शुक्रबार

माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित

एसीपी संवाददाता

३ मंसिर २०८१, सोमबार १३:४६ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ । केन्द्रले सोमबार दिउँसो १२ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठकको आह्वान गरेको थियो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहालको कार्यव्यस्तताका कारण बैठक स्थगित गरिएको उपाध्यक्ष तथा पार्टीका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो ।

पूर्वप्रधानमन्त्री दाहाल आज पूर्वसभामुख दमननाथ ढुंगानाको श्रद्धाञ्जली लगायतका कार्यक्रममा सहभागी हुनुहुनेछ । पदाधिकारी बैठक मंसिर ४ गते बस्ने माओवादी केन्द्रले जनाएको छ । ईमेज खबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x