१ श्रावण २०८३, शुक्रबार

मुख्य सिमानाका सिल हुँदा,पैसा दिएर अबैधनिक बाटो अपनाउदै

एसीपी संवाददाता

३० भाद्र २०७७, मंगलवार १०:०८ मा प्रकाशित

बाँकेको जिल्लाको मुख्य सिमानाका जमुनाहमा कडाई भएकोले अहिले भारत जाने नेपाली नागरिक र भारतबाट आउने भारतीय मजदुरहरुको बिभिन्न नाकाहरु,साईगाउ सिमा नरैनापुरको जंगल क्षेत्र हिरमिनीया, लगाएत स्थानहरुबाट अबैध रुपमा मान्छेहरु आवत जावत गरेको फेला परेका छन् । यहि क्रममा बाँकेमा जिल्लाको डुडुवा गाउपालिकाको खडैचाबाट उद्दार सीमाक्षेत्र बाट बिभिन्न जिल्लाका नेपाली नागरिकहरुलाई प्रहरीले नियन्त्रणमा लिई जिप्रका मातहात गरेको छ ।

नेपालगंज क्षेत्रलाई जोडने भारतको रुपैडिहामा बाट आउन् जाने क्रम रोकिए पछि अन्य बाटो अपनाउदै आएका छन् । बाँके जिल्लाको अन्य गाँउहरु बनकटट्ी, कम्दी, बेतहनी,हिरमिनीया जमुनाह नाकाको पुर्ब साईगाउँ लगाएत गाउहरुबाट अबैधनिक सुर्तीजनय पदार्थ सहित बिभिन्न समाग्री बरामद भएको बिगत जिल्ला प्रहरी कार्यालयले दिएको तथ्याँकले प्रमाणित गरेको छ । सिमा शिल हुँदा अबैध बाटो प्रयोग गरी मध्य रातमा भारत जानखोज्ने ५४ जनालाई खडैचाको सीमाक्षेत्रबाट उद्दार गरिएको हो । उनीहरुलाई दुईजनाले सो कार्यमा सहजिकरण गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले अबैध बाटो प्रयोग गरी भारत प्रवेश गर्न खोज्ने ५ महिला सहित ५४ लाई बाँके डुडुवा गाउपालिकाको खडैचाबाट उद्दार गरेको छ ।उनीहरु रुकुम, रोल्का, बाँके, दाङ्ग, बर्दियालगायतका जिल्लाका रहेका छन् ।

भारतको हिमाचल प्रदेशमा रोजगारी गर्न जानलागेको बताउने उनीहरुले ठेकेदारलाई भारत पठाएवापत ६ हजार भारतीय रुपैयाँसमेत दिनुपर्ने शर्तमा अबैध नाका प्रयोग गरेर जान लागेको बेला आफुहरुलाई प्रहरीले उद्दार गरेको उद्दार गरेका एकजनाले बताए ।

प्रहरीले भारतको सिमला जाने उद्देश्यले हिडेका उनीहरुलाई गएराती साढेबाह्र बजे उद्दार गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख ओमबहादुर रानाले जानकारी दिए । प्रहरीले उनीहरु सबैलाई अबैध बाटोबाट भारत लैजाने दुई जनालाई समेत नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको जनाएको छ ।

बाँके प्रहरीले नियन्त्रणमा लिएका दुईनजा मध्ये एकजना अमर गन्र्धव गाडि चालक भएको र सेराज अहमद राईले नेपालगन्जबाट अबैध बाटो हुँदै भारत प्रवेश गराउने कार्यमा संलग्न रहेको जनाएको छ ।

प्रहरीले उद्दार गरेका उनीहरुलाई विहानको खाना माडवाडी सेवा समितिले खुवाएर गन्तब्यतिर पठाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक हृदेश सापकोटाले जानकारी दिए । कोभिड–१९ को महामारीको कारण सीमा शिल भएको कारण सिघा बाटो उनीहरु जान नपाउने भएपछि दलालमार्फत ६ हजार भारतीय तिर्ने गरेर जोखिम मोलेर भारत जान लागेको बेलामा प्रहरीले उद्दार गरेको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x