३२ असार २०८३, बिहीबार

मेचीदेखि महाकालीसम्म पुरै मधेस नै भएकाे : जसपा अध्यक्ष उपेन्द्र यादव

एसीपी संवाददाता

१९ बैशाख २०८२, शुक्रबार १४:५८ मा प्रकाशित

सुरेश यादव/बैशाख १९,परासी । जनता समाजवादी पार्टी नेपाल पश्चिम नवलपरासीको एकताकाे प्रथम अधिवेशनलाई सम्वाेधन गर्दै राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रको मूल मर्म ,जनसङ्ख्याको आधारमा प्रतिनिधि छनोट हुनुपर्ने बताउनुभयो । पुर्व उपप्रधानमन्त्री यादवले मधेसी,जनजाति र मुस्लिमकाे हकअधिकारकाे लागि पुन जनआन्दोलन गर्न आवश्यक रहेकाेमा जाेड दिनुभयाे । मेचीदेखि महाकाली सम्म पुरै मधेस नै भएकाे उहाँले दाबी गर्नुभयाे ।

पार्टी जिल्ला अध्यक्ष धरेन्द्र यादवको अध्यक्षतामा सुरु भएकाे एकताको प्रथम अधिवेशनबाट नयाँ कार्यसमिति चयन गर्न रामवचन यादवकाे अध्यक्षतामा ५ सदस्यीय अध्यक्ष मण्डल र बिरेन्द्र कुमार पटेलकाे संयोजकत्वमा २ सदस्यीय निर्वाचन मण्डल समिति गठन गरिएको पुर्व जिल्ला सचिव मदन यादव बताउनुभयो ।

उद्घाटन समारोहमा केन्द्रीय महासचिव रामकुमार शर्मा ,केन्द्रीय सदस्य तथा पूर्व तथा राज्यमन्त्री रामवचन यादव, प्रदेश अध्यक्ष रामअवतार यादव , उपाध्यक्ष चन्द्र धामा हरिजन,युवा नेता कैलाश गुरुङ, रुपन्देही जिल्ला अध्यक्ष सियाराम यादव, कपिलवस्तु जिल्ला अध्यक्ष शैलेस यादव, लोकतान्त्रिक समाजवादी पार्टीका जिल्ला अध्यक्ष मुकुरजी गिरी ,नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष ओमप्रकाश चौधरी,जनता प्रगतिशिल पार्टीका अध्यक्ष राधेरमण पाण्डे,जिल्ला उपाध्यक्ष गाेविन्द पटेल,पुर्व नगर अध्यक्ष एवम् रामग्राम-१६ का वडा अध्यक्ष विजय कुमार यादव लगायतले बाेल्नु भएकाे कार्यक्रम संचालक प्रदेस सदस्य रुदल हरिजनले जानकारी दिनुभयाे ।

५७ सदस्यीय जिल्ला कार्यसमिति रहने विधान रहेकाे लुम्बिनी प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी दिनुभयाे । अधिवेशनबाट अध्यक्षमा धरेन्द्र यादव,उपाध्यक्षमा शेषनारायण सहानी,विजया लक्ष्मी शर्मा,गाेविन्द पटेल,महेन्द्र गुप्ता र सुदर्शन खरवार सर्वसम्मत चयन हुनु भएकाे छ भने मुख्य सचिवमा मदन यादव,सचिवमा कमलेश माली,काेषाध्यक्षमा रामकुमार गुप्ता,सह-सचिवमा श्यामसुन्दर पश्चिमा थारु,सुरेश यादव र गाैरी शंकर गुप्ता निर्वाचित हुनु भएकाे निर्वाचन समिति सदस्य भिख्कु यादवले जानकारी दिनुभयाे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x