३२ असार २०८३, बिहीबार

मेरो सपना बलियो र मजबुत नेपाल बनाउने हो – देउवा

एसीपी संवाददाता

२५ फाल्गुन २०८१, आईतवार १०:१७ मा प्रकाशित

धनुषा – कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी चुनावमा फेरि प्रधानमन्त्री बन्ने योजना रहेको कुरा खुलासा गर्दै बलियो र समृद्ध नेपाल निर्माण गर्ने सपना देखिरहेको बताएका छन्। शुक्रवार महोत्तरीको मनराशिश्वामा आयोजित एक जनसभामा बोल्दै देउवाले भने, “मैले धेरैपल्ट प्रधानमन्त्री भइसकेको छु, र अर्को पटक पनि प्रधानमन्त्री बन्ने सम्भावना छ। मेरो सपना बलियो र मजबुत नेपाल बनाउने हो।”

देउवाले पार्टी एकतामा जोड दिँदै थपे, “अहिले एउटा पार्टीको सरकार बनाउनु गाह्रो छ। त्यसैले दुई पार्टी मिलेर सरकार बनेको छ। अहिले ओलीजी प्रधानमन्त्री हुनुहुन्छ, तर पछि कांग्रेसबाट प्रधानमन्त्री बन्नेछु।”

उनले जलवायु परिवर्तनको असर नेपालमा तीव्र रूपमा देखापरेको भन्दै, यस मुद्दामा सबै राजनीतिक दल एकमत भएर काम गर्नु आवश्यक रहेको पनि बताए। उनले भने, “हिमाल पग्लिरहेको छ, जलवायु परिवर्तनको असर नेपालमा पनि देखिन्छ, यसका लागि सबै दल एकजुट हुनुपर्छ।”

कांग्रेसको बारेमा भने, देउवाले पार्टीको शक्ति र समृद्धिका बारेमा भरोसा व्यक्त गर्दै, “कांग्रेस ठूलो पार्टी हो, र यदि हामी एकढिक्का भएर अघि बढ्यौं भने आगामी चुनावमा एक्लै सरकार बनाउन सक्नेछौं।”

देउवाको भनाइ छ कि देशलाई बलियो बनाउनका लागि उनी पूर्ण प्रतिबद्ध छन् र आगामी दिनहरूमा कांग्रेसको नेतृत्वमा नेपालको भविष्य उज्जवल हुनेछ।नेपालआज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x