२ श्रावण २०८३, शनिबार

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु एक एक जना घाइते

एसीपी संवाददाता

२० आश्विन २०७७, मंगलवार ०७:४६ मा प्रकाशित

दाङ । तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

तुलसीपुर–८ अश्वाराबाट तुलसीपुरतर्फ आउदै गरेको रा ५ प ४७५९ नम्बरको मोटरसाइकल सोमबार राति १२ बजे गहतेखोलामा दुर्घटना हुँदा तुलसीपुर–६ गुम्राहचोक निवासी २९ वर्षीय बसन्त भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

सोही दुर्घटनामा परी मोटरसाइकलमा सवार दंगीशरण गाउँपालिका–६ श्रीगाउँका २६ वर्षीय गोविन्द केसी घाइते भएका छन् । मोटरसाइकल गहतेखोला पुलबाट तल खोलामा खसेर दुर्घटना भएको प्रहरीले बताएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x