२ श्रावण २०८३, शनिबार

यसपालि सभापतिमै चुनाव लड्नुपर्ला जस्तो छ: शशांक कोइराला

एसीपी संवाददाता

२४ भाद्र २०८१, सोमबार १४:२७ मा प्रकाशित

सोमवार काठमाडौंमा विश्वेश्वरप्रसाद कोइरालाको १११ औँ जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो जानकारी गराएका हुन । उनले यस पटक पार्टी सभापतिमा उठ्ने भन्दै भविष्यमा निर्धारण हुने पनि बताए ।

उनले बिपीको छोरो हुने बित्तिकै आफूलाई हरेक कुरामा सबैभन्दा अगाडि सार्ने काम गरेको पनि बताए। उनले आफूले सहजै निर्वाचन जित्ने गरेको र अहिलेसम्म पाँच पटक जितिसकेको बताए । उनले ठुलो मान्छे नभई असल मान्छे हुनुपर्नेमा बिपीले जोड दिनुभएको स्मरण गर्दै असल मान्छे हुन पनि कठिन रहेको बताए।

उनले भने, ‘बिपीको छोरो हुने बित्तिकै हरेक कुरामा सबैभन्दा अगाडि सारिदिन्छन् मानिसले । कति सजिलोसँग म चुनाव जित्छु, केही गर्नै पर्दैन । पाँच चोटि त चुनाव जितेँ । त्यसलै यसपालि मलाई के लाग्यो भने अब सभापतिकै लागि लड्नुपर्ला जस्तो लागेको छ । अब त्यो त भविष्यले भन्छ । मैले बिपीको बारेमा भन्दा उहाँ भन्नुहुन्थ्यो, ठुलो मान्छे होइन, असल मान्छे बन्नुपर्छ । त्यो पनि एकदम गाह्रो रहेछ फेरि । भन्दा खेरी कति सजिलो छ । असल बन्नु भनेको अत्यन्त गाह्रो हो । सबैको आधार, सम्मान गर्नुपर्छ । त्यो मबाट हुनै सक्दैन जस्तो लाग्छ मलाई । किनभने अरूहरूमा त्रुटि देख्छु । त्यसलाई कोट्यायो भने अपमान हुन्छ, त्यो गर्नु हुँदैन । त्यसैले गाह्रो छ ।’

सांसद कोइरालाले बिपी व्यक्ति भन्दा पनि एउटा विचार भएको उल्लेख गरे।  नागरिकन्युज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x