३२ असार २०८३, बिहीबार

रकम ठगी प्रकरणमा पूर्वगृहमन्त्री रबि सहित २१ व्यक्ति , संस्था विरुद्ध मुद्दा दर्ता हुँदै

एसीपी संवाददाता

२२ माघ २०८१, मंगलवार १४:५३ मा प्रकाशित

( बिएलअनलाइन  ) चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम ठगी प्रकरणमा पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेसहित २१ व्यक्ति र संस्थाहरूविरुद्ध मुद्दा दर्ता भएको छ।

चितवन जिल्ला सरकारी वकिल कार्यालयका अनुसार प्रहरीले दिएको पुरक अनुसन्धान प्रतिवेदनका आधारमा मंगलबार रविसहित १५ व्यक्ति तथा गोर्खा मिडिया प्रालि र साहारा बचतसहित ६ वटा संस्थाविरुद्ध सहकारी ठगी तथा संगठित अपराध कसुरमा मुद्दा दर्ता भएको हो।

१५ जना प्रतिवादीमा रवि लामिछाने, छविलाल जोशी , रामबहादुर खनाल, रविना रिमाल, विशाल गुरुङ, नवीन अछामी, कविता तामाङ, दिपक लामा, असरफ अलि सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणी बास्तोला, शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठ छन्।

त्यस्तै ६ संस्थाविरुद्ध पनि मुद्दा दर्ता भएको जिल्ला अदालत चितवनका श्रेष्तेदार विष्णुप्रसाद आचार्यले जनाए। साहारा सहकारीसहित गोर्खा मिडिया नेटवर्क प्रालि, नेचर हब इन्टरनेशनल प्रालि, जीबी ग्रुप अफ कम्पनी, स्प्रिङ उड स्टेट हाउजिङ प्रालि, नेचर नेष्ट प्रालिविरुद्ध पनि मुद्दा दर्ता भएको हो।

यसअघि अनुसन्धान फितलो भएको भन्दै सरकारी वकिलको कार्यालयले प्रहरीले पठाएको पहिलो फाइल फिर्ता गरेको थियो।

साहारा सहकारीको कुल ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। लामिछानेसहितका १४ प्रतिवादीबाट सोही बराबर बिगो भराउनुपर्ने प्रहरीको राय छ।

त्यस्तै कम्पनीक‍ो हकमा ५६ करोड २२ लाख ५० हजार बराबर रकम बिगो माग गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x