३ श्रावण २०८३, आईतवार

रक्षामन्त्रीको स्वागत गर्न गएका नेपाल एयरपोर्टबाट पक्राउ

एसीपी संवाददाता

१४ मंसिर २०७७, आईतवार ०६:१३ मा प्रकाशित

एकदिवसीय नेपाल भ्रमणको क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौंमा पुगेका चिनियाँ रक्षामन्त्री जनरल वेई फेंग्हेलाई स्वागत गर्न पुगेका ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपाल पक्राउ परेका छन ।

रक्षामन्त्री जनरल वेई फेङ्गेलाई स्वागत गर्न ‘ग्रेटर नेपाल’को ब्यानर सहित विमानस्थल पुगेका ग्रेटर नेपालका अध्यक्ष नेपाललाई प्रहरीले पक्राउ गरेको हो ।

वेई फेङ्गेको भ्रमणको अवस्थामा हुन सक्ने सुरक्षा खतरालाई ख्याल गर्दै काठमाडौंमा सुरक्षा व्यवस्थामा कडाई गरिएको अवस्थामा मोर्चाका अध्यक्ष नेपाल ब्यानर सहित गएको कारण नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनलाई पक्राउ गरेर अहिले महानगरीय प्रहरी वृत्त गौशालामा राखेको बुझिएको छ । उनमाथि आवश्यक अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

वेई फेंग्हे नेपालमा औपचारिक भ्रमणका लागि २० सदस्यीय प्रतिनिधिमण्डलसहित काठमाडौँ पुगेका छन् । उनी चीनको पहिलो नम्बरका स्टेट काउन्सिलर एवम् रक्षामन्त्री हुन् ।

वेई विभानस्थलबाट बालुवाटारस्थित चिनियाँ दूतावास जाने कार्यक्रम रहेको बुझिएको छ । उनले आज प्रधानसेनापति, प्रधानमन्त्री र राष्ट्रपतिसँग औपचारिक भेटवार्ता गर्ने छन् ।

भ्रमण पुरा गरेर वेई आइतबार साँझ स्वदेश फिर्ता हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । उनी करिब ८ घण्टा जति मात्र नेपालमा बिताउने बुझिएको छ । हरपल.कम

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x