१० भाद्र २०८३, बुधबार

रसुवाको भीषण बाढीपछि बाँकेमा मोहम्मद डे का सबै कार्यक्रम स्थगित

एसीपी संवाददाता

१० भाद्र २०८३, बुधबार २१:१२ मा प्रकाशित

दिनेश ठाकुर नेपालगञ्ज ,भदौ १० गते — रसुवामा आएको भीषण बाढी तथा प्राकृतिक विपत्तिका कारण देश शोकमा रहेको भन्दै बाँकेमा आयोजना हुने मोहम्मद डे (ईद मिलादुन्नबी) का सम्पूर्ण कार्यक्रम स्थगित गरिएको छ।

दारुलउलुम फैजुन नबी जामा मस्जिद तथा ईदगाह सञ्चालक तदर्थ समितिले एक सूचना जारी गर्दै विपत्तिको अवस्थामा उत्सव तथा औपचारिक कार्यक्रम आयोजना गर्नु उचित नभएको भन्दै मोहम्मद डे का सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको जनाएको हो।

समितिका संयोजक तथा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष अयुब सिद्दिकीले रसुवामा आएको बाढीबाट ठूलो जनधनको क्षति तथा पीडा भएको अवस्थामा सम्पूर्ण देश गहिरो दुःखमा रहेको बताउँदै कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभयो।

उहाँले विपत्तिमा परेका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ। साथै, संकटको यस घडीमा सबैलाई संयमित भएर पीडितको साथमा उभिन आग्रह गर्नुभएको छ।

यसैबीच, बाँकेका विभिन्न मुस्लिम अगुवाहरूले पनि मोहम्मद डे का कार्यक्रम स्थगित गर्ने निर्णयप्रति समर्थन जनाउँदै प्राकृतिक विपत्तिमा परेका नागरिकप्रति दुःख व्यक्त गरेका छन्। उनीहरूले धार्मिक तथा सामाजिक सद्भाव कायम गर्दै विपत्तिमा परेकाहरूको सहयोगमा जुट्न सबैमा अपिल गरेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x