३२ असार २०८३, बिहीबार

राजशाहीकालमा जन्मेका नेताहरु

एसीपी संवाददाता

१३ बैशाख २०८२, शनिबार ०७:३३ मा प्रकाशित

ओम आचार्य

नेपालमा २००७ सालदेखी ६२/६३ सम्म पुर्णत शाहीकाल थियो ।यो शाहिकालले नेपालमा धेरै नेताहरु जन्मायो , शाहीकाल नेताहरु जन्मने उर्वर समय थियो । सामान्यतया नेपालमा मात्रै हैन यस्तो विश्वमा जहा जहा शाही शाशन थियो त्याहा त्याहा नेताहरु जन्मिए र यो नै शाहि शासनको यौटा विशेष्ता हो र त्यही भएर शाही शाशन भनिएको हो ।

पौराणिककाल तिर फर्केर हेर्दा पनि यस्तै महापुरुष दिव्य पुरुषहरुको जन्म भएको देखिन्छ !श्रीकृष्ण , श्रिराम इत्यादी । तर पौराणिककालमा श्रिकृष्णले कंसको वधगरेपछी कंसको मथुरा राज्यको गध्दीमा आफु वसेन उग्रसेनलाइ ज़िम्मा लगाए !, श्रिरामले रावण वध गरेपछी लंकाको गध्दी पनि आफुले लिएनन त्यहीका शाही परिवारका योग्य विभिषण लाइ सुम्पे त्यस्तै किस्किन्धामा पनि बालीको बध पछि सुग्रीवलाइ ज़िम्मा लगाए , !उनिहरुलाइ थाहा थियो उनिहरुको उछिस्ट त्यही छ र त्यो उछिस्टबाट कुनै पनि समय विद्रोह हुन सक्छ यो दुरदर्शी निर्णय लिए ।

नेपालमा राजा विरेन्द्रको वंश नै समाप्त गरियो वंश समाप्त गर्नेले यो कुरा बुजेनन की राजा वीरेन्द्रको उछिस्ट थिए र त्यही उछिस्टबाट वीरेन्द्रको हत्या पछी पनि निरन्तर नेपालमा राजशाही चल्यो ।तर पछिल्लो समय गणतन्त्र आएपछी नेपालमा त शाहीकाल नै समाप्त गरियो , राजशाही हटाइयो तर गणतन्त्रवादी नेताहरु ले यो कुरा बुजेन कि नेपालमा शाही परिवारका उछिस्ट छन र यो कुनै पनि समय व्युतिन सक्छ !, कुनै पनि समय विद्रोह हुन सक्छ। त्यस्तै परिस्थिति बुजेर श्रिराम र श्रि कृष्णले त्याहाका राज्यको गध्दी नलिंएर त्यहीका शाही परिवारका योग्य मानिसलाइ ज़िम्मा लगाएका थिए , यो कुरा सायद गिरिजा प्रसाद कोइरालाले बुजेर नै “वेबी किंग “को कुरा उठाएका पनि थिए, !भविस्यमा गणतन्त्र निर्विवाद रहोस भनेर भविस्यमा शाही परिवारका उछिष्ट र शाही परिवारका पक्षधर र समर्थकहरु फेरी आन्दोलित नहोस भनेर तर के कारणले हो यस्ले नतिजा दिन सकेन ।

नेपालमा शाहीकालले थुप्रै नेताहरु जन्मायो । नेताहरु जन्मने उर्वर समय नै शाही काल हो !शाही काल को तत्कालिन समय नै यस्तो रहयो की नेताहरु जन्मने वातावरण र परिस्थिति राजशाहीले आफै सृर्जना गर्थे र विसय वस्तु वनाउदै जान्थे । मानव अधिकारको हनन गर्नु , मौलिक हक़ अधिकार हनन गर्नु , प्रेस स्वतन्त्रता नहुन , वाक स्वतन्त्रता नहुनु , भ्रस्टचार ले पराकाष्ठ नाघ्नु , शुशासन नहुन , हत्या हिंसा र जेल निर्वासित गर्नु भन्नुस अधिनायकवाद र सर्वसत्तावाद लादनु नै राजशाही मा नेताहरु जन्मने उर्वर समय भयो ।

राजशाहीले नेताहरु मात्रै जन्माएन राजशाहीले धेरै कवि लेखकहरु पनि जन्मायो उनिहरुलाइ लेख्ने विसय वस्तु , लेख्ने परिवेश , लेख्ने परिस्थिति वनिनैरहयो । सडक कविता क्रान्तिले धेरै कविहरु जन्मायो । तत्कालिन राजनैतिक व्यवस्थाले सृर्जना गरेको पृष्ठभुमीमा धेरै उपन्यास कथा निवन्धहरु लेखिए र यसरी साहित्यकार पनि जन्मिए ।

त्यतिखेर पत्रकार र पत्रकारिता तत्कालिन समयको चुनौतिमा पनि अधिनायक र सर्वसत्तावादको कुरा उठाइनै रहे।

राजशाहीकालमा जन्मिएका नेताहरुले तत्कालिन व्यवस्थाको विरुध्द , तत्कालिन व्यवस्थाले उत्पन्न गरेको परिस्थिति विरुध्द र वेथितीको विरुध्द आन्दोलन गरे र ति नेताहरु अहिले गणतान्रीक शाशन व्यवस्थाको राज्य संचालक छन ।यो राज्य संचालनमा नेपालका सवै राजनीतिक दलहरुले आफ्नो राजनीतिक हैसियत , आफ्नो राजनीतिक पाटीको क्षमता अनुसार राज्य संचालनको जिम्वेवारी पाएका थिए र छन । र यिनिहरुले पुर्व राजशाहीकालको विकृती , विसंगती अधिनायकवाद , सर्वसत्तावादको नजिकवाट अध्ययन गरेका थिए !, नजिकवाट अनुभव गरेका थिए र त्यस्को पिडा त्यस्को यातना भोगेका थिए र यस बाट गणतान्रीक मुलुकले उन्मुक्ती पाउछ , राष्ट्र सम्वृध्दी र विकास तिर उन्मुख हुन्छ , !जनताले र स्वय नेताहरु पनि यो पिडाबाट मुक्त हुन्छन !जनताले यस्तो सोचेका थिए जनताले यस्तो अभिलाषा गरेका थिए र अव नेपालमा पुन यस्तो आन्दोलन गर्नु पर्दैन , अव आन्दोलन सदाकाली सकियो , मुलुकमा अमन चैन आउछ यस्तो सोचे ,तर त्यस्तो भएन । भयो के भने यिनिहरुले त्यही सिके यिनिहरुले त्यही देखे र त्यसैलाइ गणतन्त्रमा दोश्रो संस्करण रुपमा जनतालाइ दिदै गए ,त्यती मात्रै हैन यिनिहरुले सिकेको , यिनिहरुले देखेको , यिनिहरुले भोगेको भन्दा अझ बड़ी गर्दै गए । र यस्को परिस्कृत रुप प्रस्तुत गरे ।

अहिले नेपालमा काग्रेस र एमालेको सक्तिशाली सरकार छ !झन्डै दुइ तिहाइको सरकार छ !यो सरकारको यिनिहरुको राज्य संन्चालनको शैलि र तौर तरिकाले राजशाही संग तुलना मात्रै गरेन त्यो भन्दा वडी अधिनायकवाद त्यो भन्दा वडी सर्वसत्तावाद पथमा अग्रसर भइरहेको पुस्टी सरकारको कार्य शैलिले देखाउदै गएको छ ।

एमालेकै के पी ओली एक समय प्रधानमन्त्री छदा गुप्तचार विभाग , राजस्व अनुसन्धान विभाग , सम्पती सुदृढ़ीकरण विभाग , २५ अर्व सम्म सिधै ठेका दिने व्यवस्था आफ्नो मातहातमा राखेर सक्तीशाली वन्न खोज्नु , अर्को तिर राज्यले निर्मला वलत्कार पछीको हत्या , ३३ किलो सुन तस्करी , N C L को काण्ड , वाइबडी भ्रस्टचार , बालुवाटार को सरकारी जग्गा बिक्री लगायतका मुध्दाहरुको किनारा लगाएर दोसीलाइ कार्यवाही गर्न नसक्नु ,त्यस्तै पत्रकार लाइ धरपकड़ गर्नु जेल हाल्नु र प्रेस जगतलाइ संकुचनगर्ने रणनीति वनाउदै जानु , न्यायक्षेत्रपनि सरकारले आफ्नो प्रभाव क्षेत्र भित्र पार्नु , स्वायत्त संघ सस्था निकायहरुमाथि क्रमश हस्तक्षेप गर्दै जानु राजशाहीकालले जन्माएका नेताहरुबाट यस्तो हुनु गणतान्त्रिक मुलुकको लागी दुर्भाग्य रुपमा लिन सकिन्छ । अहिले आएर दुइ ठुला दलको सरकारले शुशाशन आयोग गठन गर्नु लाइ पनि लाइ पनि जनताले आस्चर्य र आयोगमाथि नै संसय व्यक्त गर्न थालेका छन !

गणतन्त्र आएपछी अव मुलुकमा फेरी आन्दोलन हुदैन , अव फेरी हामीले आन्दोलन गर्नु पर्दैन , नेपाल वन्द र आगज़नी हुदैन भन्ने हाम्रो सोच र विस्वासमा दुइ ठुला दलको सरकारको राज्य संन्चालन शैलीले गलत सावित गरेको छ । एकातिर राजावादी दल , रा प्र पा ले पनि आन्दोलनको फ़ेहरिस्त सुचि नै सार्वजनिक गरिसकेको छ भने शिक्षकहरुको आन्दोलन र अन्य केही साना राजनीतिक दलहरुले सामुहिक आन्दोलन गर्ने रणनीति कै लागी एक ठाउमा आउने वातावरण तयार गर्दै छन । नेपालि काग्रेसले पनि दुइ दलिय सरकार विरुध्द विरोध गर्दैछ । पुर्व राजाले पनि आफ्नै किसिमले जनता संग सम्पर्क वढाइ रहेका छन भने वर्तमान राज्य संचालन शैलिले दुइ दलिय सरकार प्रती जनतामा वितृष्णा वडेको छ !यि सवै कुराले गणतन्त्रको सुदुर भविष्य सुखद होला ? यस्मा संन्देह वडेर गएको छ ।यो संन्देह वढ्नुमा राजशाही कालमा जन्मेका नेताहरु नै ज़िम्मेवार हुन , भोली जनताले यसरी इतिहासमा मुल्यांकन गरे भने ?

राजशाही कालमा जन्मेका नेताहरुबाट मुलुकमा केही सुधार नहुने भएपछी गणतन्त्र स्थापित भएपछी गणतन्त्रले नेताहरु जन्माउने छन र त्यस्को रुपरेखा, छनक देखिन थाल्दैछ यसो भयो भने राजशाही कालमा जन्मेकाहरु गणतान्त्रिक नेताहरु कालान्तरमा विस्थापित हुन्छन जसरी राजशाहीका पृष्ठपोषक ,राजशाहीका प्रतिऱक्षामा उभिएकाहरु विस्थापित भए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x