२ श्रावण २०८३, शनिबार

राजा आउ देश बचाउ’ भन्दै बुटवलमा मोटरसाइकल र्‍याली

एसीपी संवाददाता

१७ कार्तिक २०७७, सोमबार १३:४७ मा प्रकाशित

बुटवल , कार्तिक १७

राजसंस्था पुनःस्थापनको माग गर्दै सोमबार रुपन्देहीमा र्‍याली प्रदर्शन गरिएको छ । वीर गोर्खाली अभियानको आयोजनामा ‘देश र श्रीपेचको रक्षा’ कोे लागि भन्दै रूपन्देहीमा मोटरसाइकल र्‍यालीसहित प्रदर्शन भएको हो ।राष्ट्रिय झण्डा र पूर्व राजा-रानी ज्ञानेन्द्र-कोमल शाहको तस्वीर अंकित टिसर्ट लगाएर तिलोत्तमाको मणिग्रामबाट बुटवलको ट्राफिक चोकसम्म र्‍याली निकालिएको हो ।
र्‍यालीमा करिब २ हजार मोटरसाइकल सहभागी रहेका आयोजकको दाबी छ । गणतन्त्र स्थापनापछि रुपन्देहीमा राजसंस्थाको पक्षमा भएको यो प्रदर्शन अहिलेसम्मकै ठूलो भएको बुटवल रामार्ग चौराहाका बासिन्दा कृष्ण श्रेष्ठले बताए ।र्‍यालीपछि ट्राफिकचोकमा भएको कोणसभामा बोल्दै कार्यक्रम संयोजक बसन्तविक्रम पाण्डे, रुपन्देही संयोजक प्रवीन थापा, डिल्लीराज खनाललगायतले राष्ट्रिय एकता र स्थिरताका लागि राजसंस्था र हिन्दू राष्ट्र पुनः स्थापना आवश्यक रहेको तर्क गर्दै यसका लागि देशव्यापी अभियान सञ्चालन गरिने बताए ।उनीहरुले दलको नेतृत्व असफल भएको, राष्ट्रियता कमजोर बनेको र भ्रष्टाचारले सीमा नाघेको आरोप लगाउँदै राजसंस्थाको पुनःस्थापनाबाट मात्रै देशले निकास पाउने दलिल पेस गरेका थिए ।सभार बैखरी आनलाइन।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x