३ श्रावण २०८३, आईतवार

राप्तिसोनारी गाउँपालिकाको बैजापुरमा १५ शैयाको अस्पताल संचालन

एसीपी संवाददाता

१४ मंसिर २०७७, आईतवार ०८:४२ मा प्रकाशित

बाँकेको राप्तीसोनारी गाउँपालिकाको बैजापुरमा रहेको स्वास्थ्य चौकीलाई राप्तीसोनारी अस्पतालका रुपमा स्तरोन्नती गरिएको छ । प्रत्येक पालिकामा १५ शैयाको अस्पताल बनाउने संघीय सरकारको नीतिअनुसार, गाउँपालिकाले स्वास्थ्य चौकीलाई अस्पतालकारुपमा स्तरोन्नती गरेर संचालनमा ल्याएको पालिका अध्यक्ष लाहुराम थारुले बताउनुभयो ।

आइतवार एक कार्यक्रमकाबीच अस्पतालको उद्घाटन गरिएको छ । अस्पतालकारुपमा स्तरोन्नती भएसँगै अव नर्मल सर्जरीसमेत यहीबाट दिने तयारी अस्पतालले गरेको अस्पतालका प्रमुख डा गोविन्द प्रसाद थारुले बताउनुभयो । १२ कोठे भवनसहितको भौतिक संरचना स्वास्थ्य चौकी्र हुँदै बनेको थियो ।

स्वास्थ्य चौकी हुँदा यो जिल्लाकै उत्कृष्ट मानिएको थियो । अस्पतालकारुपमा स्तरोन्नती भएपछि सेवालाई थप गुणस्तरीय र प्रभावकारी गराउन पालिका अध्यक्ष थारुले स्वास्थ्यकर्मीहरुलाई निर्देशन समेत दिनुभएको छ । सामान्य विरामी हुँदा पनि नेपालगन्ज अथवा कोहलपुर जानु पर्ने बाध्यताको अव अन्त्य भएको अध्यक्ष थारुले बताउनुभयो ।

तत्कालिन अवस्थामा पनि करिव २० हजारलाई बार्षिकरुपमा सेवा दिदै आएको थियो । अव अस्पताल बनेपछि बार्षिक ३० हजारलाई सेवा दिने लक्ष्य अस्पतालले लिएको डा थारुले बताउनुभयो ।

रोटरीको स्वास्थ्य शिविर
यसैबीच रोटरी क्लव अफ सेन्ट्रल बाँकेले पालिकासँगको सहकार्यमा अस्पतालमा निशुल्क स्वास्थ्य शिविर गरेको छ । भेरी अस्पतालका चिकित्सकहरुको उपस्थितिमा रोटरीले शिविर आयोजना गरेको हो ।

भेरी अस्पतालका बरिष्ठ फिजिसियनद्धय डा रुपानन्द अधिकारी र संकेत रिसाल, बालरोग विशेषज्ञ डा कुलदिप गोइत, नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा दिनेश चौधरी, स्त्रीरोग विशेषज्ञ कुमारसान शाह, छालारोग विशेषज्ञ आर.के झा, नेत्र सहायक विमल कार्की, प्रेम डुम्रेलगायतको उपस्थिति रहेको रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x