१२ असार २०८३, शुक्रबार

राष्ट्रिय महिला लिग फुटबलमा एपीएफको जित

एसीपी संवाददाता

९ माघ २०७७, शुक्रबार ०९:५९ मा प्रकाशित

काठमाडौँ — काठमाडौंमा जारी राष्ट्रिय महिला लिग फुटबलमा एपीएफले चन्द्रपुर नगरपालिका रौतहटलाई ६–० को फराकिलो अन्तरले हराएको छ ।

बिहीबारको पहिलो खेलमा सावित्रा भण्डारीको ह्याट्रिकमा विभागीय टोली एपिएफले विजयी सानदार विजयी सुरुवात गरेको हो । राष्ट्रिय टोलीका खेलाडीको वर्चस्व रहेको एपीएफले मोफसलको टोली चन्द्रपुर नगरपालिकालाई दबाबमा राखेर खेल देखाएको थियो ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को मैदानमा एपीएफलाई जिताउन सावित्रा भण्डारीले ह्याट्रिक गर्दा कप्तान अनिता बस्नेत, अञ्जली कुमार योन्जन र प्रिती राईले एक/एक गोल आफ्नो नाममा लेखाए । ईकान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x