३२ असार २०८३, बिहीबार

राष्ट्रिय मानव अधिकार आयोगको स्थापना भएको २५ औँ (रजत) वार्षिकोत्सव

एसीपी संवाददाता

१४ जेष्ठ २०८२, मंगलवार १४:५३ मा प्रकाशित

नेपालगन्ज –  राष्ट्रिय मानव अधिकार आयोगको स्थापना भएको २५ औँ (रजत) वार्षिकोत्सव अवसरमा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । आयोगको लुम्बिनी प्रदेश शाखा कार्यालय, नेपालगञ्जको आयोजनामा शुभकामना आदान-प्रदान कार्यक्रम  सम्पन्न भएको हो  । उक्त कार्यक्रमको अध्यक्षता आयोगको नेपालगञ्ज कार्यालयका कार्यालय प्रमुख द्वारिका कुमारी अधिकारीले गर्नु भएको हो भने प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्र बहादुर चौधरी रहनु भएको थियोे । विशिष्ट अतिथि द्वय उच्च अदालत तुलसीपुर, नेपालगंज इजलासका वरिष्ठतम् माननीय न्यायाधीश चन्द्र बहादुर सारु तथा प्रमुख जिल्ला अधिकारी, धर्मराज जोशीले आफ्नो मन्तव्य दिनु भयो ।  अतिथिको रुपमा प्रहरी उपरिक्षक राम प्रसाद घर्ति, बज्र दल गणका सेनानी मोहन केसी, कोष तथा लेखा नियन्त्रण कार्यालयका कोष नियन्त्रक नारायण सुवेदी, सशस्त्र प्रहरी बल नं ३० गणका सशस्त्र प्रहरी नायव उपरीक्षक दिपक चन्द लगायत बिभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, बिभिन्न गैरसरकारी सस्थाका प्रमुख तथा प्रतिनिधि, नेपाल पत्रकार महासंघ बाँकेका  अध्यक्ष नबिन गिरी लगायत सम्पुर्ण सञ्चारकर्मीहरुको उपस्थित रहेको थियोे । बाँके जिल्लामा मानव अधिकार संरक्षण तथा सम्बर्द्धनको सिलसिलामा सक्रिय रुपमा कार्यरत अधिकारकर्मीहरु,कानून व्यवसायीहरु, नागरिक समाजका अगुवाहरु लगायत ९० जनाको सहभागीतामा २५ औँ बार्षिकोत्सव कार्यक्रम भब्यरुपमा सम्पन्न भएको कार्यालयले जनाएको हो ।सोही कार्यक्रमका प्रमुख अतिथि,बिशिष्ट अतिथि, अतिथिहरु बाट शुभकामना मन्तव्य राख्नु भएको थियो। कार्यक्रमका सम्पुर्ण सहभागीहरुलार्इ स्वागत तथा कार्यक्रमको उदेश्य माथि मानवअधिकार अधिकृत धनराज शाही प्रकाश पार्नु  भएको  थियो भने कार्यक्रम संचालन मानव अधिकार अधिकृत दयाराम पाठकले गर्नु भएको हो । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x