रौतहटको गौर बैरगनिया सीमानाका खुल्यो बाकी बन्द किन ?
पुर्बी जिल्लामा स्थानीय जनताको दबावका कारण रौतहटको गौर बैरगनिया सीमा नाका खोलिएको छ । नेपालीहरुलाई पैदल अबाजत–जाबत दिन रौतहटको एक मात्र गौर बैरगनिया नाका बिहीबारबाट खोलिएको हो ।
नेपालीलाई पैदल, अतिआवश्यक विवाहको एउटा गाडी, गम्भीर बिरामी बोकेको एम्बुलेन्स तथा सवारीसाधन, शव बाहनलाई अभिलेख राखेर आउन–जान दिने गरी गौर नाका खोलिएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनले यसको लागि गृहमन्त्रालयसंग समन्वय गरेर व्यवस्थापन गरेको बताए ।
कोरोनाको कारण आठमहिनादेखि बन्द सीमानाका पैदल आवत जावत तथा अति आवश्यक सवारीसाधनका लागि खोलेपछि स्थानीय सर्वसधाराण खुसी भएका छन् । लामोसमयदेखि नेपाल भारत सीमा नाका बन्द भएको कारण सीमा क्षेत्रमा जनता समास्यामा छन् । अहिले केहि संघसंगठनहरुले सीमानाका खोल्नु पर्ने भन्दै आन्दोलन समेत गरिरहेका छन् । यसै बिच बाके सहित विभिन्न नाका आवज जावत गर्ने लाई सस्ती भइरहेको छ । काम विशेषले भारत जानू परेमा र भारतीय नागरिक काम विशेषले नेपाल आउनु परेमा अहिले पनि सिमा नाका बन्द रहेको ईलाका प्रहरी कार्यलय बाकेका इन्चार्ज बिष्णु गिरिले बताउनु भयो ।
माथीको आदेश नआए सम्म नाका खोल्न नसकिने इन्चार्ज गिरिले बताउनु भयो ।


