१७ भाद्र २०८३, बुधबार
११ ग्राम ९७० मिलि ग्राम लागु औषध ब्राउन सुगर बरामद
नेपालगंज – जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका १५ सुईया चोक स्थित सशस्त्र प्रहरी बल नेपाल ३० नं गण बाँकेबाट खटिएको टोलिले जमुनाहा गाँउ बाट नेपालगंज तर्फ गई रहेको नाम थर, वतन नखुलेको ब्यक्तिले चलाएको भे १२ प ५४६० नम्वरको मोटरसाईकल लाई रोकी चेकजाच गर्ने खोज्दा मोटरसाईकल छाडि भागेको भनि जिल्ला प्रहरी कार्यालय बाँकेमा जानकारी गराए पश्चात इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलिले मोटरसाईकल चेकजाँच गर्ने क्रममा उक्त मोटरसाईकलको दाहिने भागको अगाडिको साईड कवरमा लुकाई राखेको अबस्थामा लागू औषध ब्राउन सुगर सुद्ध तौल ११ ग्राम ९७० मिलि ग्राम बरामद गरी उक्त मोटरसाईकल नियन्त्रणमा लिई थप अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी बढाईएको छ ।
Subscribe
Login
0 Comments


