लागुऔषध सहित नेपालगंज ११ भट्टी टोलका यूवा,प्रहरी नियन्त्रणमा

जिल्ला दाङ लमही नगर पालिका ९ अमिलिया स्थित प्रहरी निरिक्षक राजन कुमार गौतमको नेतृत्वमा गएको प्रहरी टोलीले ३ सय २५ ग्राम लागुऔषध ब्राउन सुगर सहित एक जनालाई आईतबार नियन्ज्ञणमा लिएको छ ।
बरामद भएको ब्राउन सुगर जस्तो धुलो पदार्थ रहेको छ प्रहरी बरिष्ठ उपरीक्षक राज कुमार बैदवार प्रवक्ता ५ नं. प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । भारतको बहराईच जिल्लाको सिमाना क्षेत्र रुपैइडिहाबाट ल्याउने गरेको अनुमान गरिएको छ ।
प्रहरी निरिक्षक राजन कुमार गौतम समेतको प्रहरी टोली खटिईगई जिल्ला दाङ टोलीले बाँके नेपालगंज उपमहानगर पालिका ११ भट्टी टोल बस्ने बर्ष ३५ को महिन अन्सारीलाई शंकास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा सेतो प्लाष्टिकमा दुई वटा पोका बनाई लुकाई छिपाई राखेको लागुऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला पारी ३ सय २५ ग्राम सहित पक्राउ गरीएको छ । जिल्ला प्रहरी कार्यालय दाङले शंकास्पद अवस्थामा फेला पारेको लागुऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ बारे थप अनुसन्धान भई रहेको जनाएको छ ।



