१ श्रावण २०८३, शुक्रबार

वडा नं ५ मा नेपाल मुस्लिम संघको वडा भेला सम्पन्न

एसीपी संवाददाता

४ पुष २०८१, बिहीबार १२:१६ मा प्रकाशित

नेपालगन्ज –  नेपालगन्ज उपमहानगरपालिका वडा नं ५ मा नेपाल मुस्लिम संघको वडा भेला सम्पन्न भएको छ । नेपालगञ्ज वडा नम्बर ५ का निवासी नदिम शैयद को अध्यक्षता मा ११ सदस्यीय समिति चयन भएको हो । जन जन मा नेपाली काङ्ग्रेस , हरेक समुदायको लागि नेपाली काङ्ग्रेसको अभियानलाई बलियो बनाउदै नेपाल मुस्लिम संघ पनि सक्रिय समिती गठन गर्न अग्रसर भएको नेपाल मुस्लिम संघका केन्द्रिय सदस्य जि नुरैन मुल्तमिस ( साहिल हल्वाई ) ले जानकारी दिनु भयो । बुधबार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ भएको भेलामा नेपाल मुस्लिम संघका नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेकोे थियोे । कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता छेत्रीय महाधिवेशन प्रतिनिधि सुदिप नरसिंह राणा नेपाली काङ्ग्रेस बाँकेका पुर्ब उपसभापति सुनिल नरसिंह राणा , नेपाल मुस्लिम संघ का केन्द्रिय सदस्यद्वय मेराज हलवाई , जि नुरैन मुल्तमिस  ( साहिल हल्वाई ) भेरी अस्पताल का अध्यक्ष एवं नेपाल तरुण दलका सभापति बिरेन्द्र बहादुर शाह , नेपाली काङ्ग्रेस नगरका  कार्यवाहक सभापति धनराज बर्मा , नेपाल मुस्लिम संघ बाकेका सभापति सुफियान खान सहितको उपस्थितिमा समिती चयन गरिएको हो ।

4 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x