२ श्रावण २०८३, शनिबार

वडा नं.७ मा जनमत पार्टीको अधिबेशन सम्पन्न

एसीपी संवाददाता

१ मंसिर २०७७, सोमबार १५:३६ मा प्रकाशित

प्रमोद सहनी रौतहट मंसिर १ गते
रौतहट गढीमाइ नगरपालिका वडा न.७ पकहा धर्मपुरमा आफ्नो पहिलो वडा अधिबेशन सम्पन गरेको छ। सङ्सङै तिहार,दिपावली र छठको शुभ अबसरमा शुभ कामना पनि अदानप्रदान गरेको छ।

अधिबेशनको नेतृत्व स्थानीय सभापति बिरेन्द्र राय यादव, मुख्य अतिथि अशोक सिंह, अतिथि ललित मल्लिक लगायतले गरेका थिए भने क्षेत्रीय अध्यक्ष राज कुमार साह, जिल्ला सचिब बिकाशकुमार यादव,गढीमाइनगरपालिका वडा अध्यक्ष बीरेंद्र बैठा, कोषाध्यक्ष सुरेश प्रसाद यादव,सचिव दयानाथ पाल लगाएत १२ सदस्यहरु टीमको उपस्थिति थियो।

पार्टीका केही नेतागन वक्ताहरुले आ-आफ्ना बिचार पनि प्रकट गरे, धेरै जसोले देशका नेताहरु प्रती र मधेशी नेताहरुको कामप्रती बितृष्णा पोखे,मधेसी नेताहरुले बारम्बार मधेसको मुद्दा उठाये तर मधेसीको हक र अधिकारको नाममा मात्र सत्तामा पुगे र सत्ताको भरपुर सदुपयोग गरे

तर मधेसी जनताले अधिकार पाउन सकेन्न,अब डा.सिके राउत र जनमत पार्टी मात्र मधेसी र मधेसिको हक र अधिकार प्राप्त गर्न महत्वपुर्ण भुमिका खेल्न सक्छ र अब हामी सबै एक जुट हुनुपर्छ,आफ्नो अधिकारकोलागी पार्टीलाइ मजबुत खम्बाको देशको अगाडि उभ्याउनुपर्छ भनेर बिचार राखे,

जसपा जहाँ एक जना पार्टी अध्यक्ष हैन अप्रत्यक्ष रुपमा ९/९ जना जुन पार्टीमा अध्यक्ष छ्न त्यो पार्टी एक किसिमको भित्री स्वार्थै स्वार्थले भरिएको पार्टी हो त्यस्तो पार्टीले देश र जनताको,मधेसकोलागी केही गर्न सक्दैन मात्र झुठो बोलेर जन्ता ठग्न मात्र सक्छ्न

तसर्थ अबको बिकल्प डा.राउत र जनमत पार्टी नै हो किनकी लाखौको नोकरी छोडेर नेपालमा पैसो कमाउनुभन्दा देशको हकहितमा र मधेसी जनताको हकहित, अधिकार प्राप्तिको लागी लडनकोलागी आएको हो भनेर वक्ताहरुले आ-आफ्नो बिचार प्रकट गरे।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x