वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित भएका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गरेकी हुन् ।

यस अघि पटक पटक नेकपामा गौतमलाई कसरी राष्ट्रियसभा सदस्य बनाउने तयारी भए पनि पार्टी भित्रकै गुटका कारण तालमेल नमिलेकोले अहिले आएर मनोनित गरेका छन् ।
नेकपामा एक पक्ष बामदेवलाई राष्ट्रियसभा सदस्य मनोनित गर्न नचाहेको चर्चा पनि ब्यापक चलेको थियो । कहिले बाँकेबाट कहिले काठमाण्डौबाट चुनाव जिताएर लैजाने तयारी समेत भईरहेको कुरा समेत समाचारमा आएका हुन । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीनमध्ये एक सिट फागुनदेखि खाली थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले त्यही सिटमा गौतमलाई मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । त्यसको चार दिनपछि राष्ट्रपतिले गौतमलाई मनोनयन गरेकी हुन् । ‘उहाँ गौतम को मनोनयन भइसकेको छ ।



