१ श्रावण २०८३, शुक्रबार

व्यवसायीबाट कब्जामा लिएको प्याजको बिक्री शुरु

एसीपी संवाददाता

१२ आश्विन २०७७, सोमबार १०:२८ मा प्रकाशित

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले व्यवसायीबाट नियन्त्रणमा लिएको प्याज बिक्री गरेको छ ।

थापाथली बिक्री कक्षबाट प्रति केजी ६० रूपैयाँमा प्याज सर्वसाधारणलाई बिक्री गरिएको कम्पनीले जनाएको छ । एक व्यक्तिले तीन केजीसम्म किन्न पाउनेछन् । कम्पनीका अनुसार शुक्रबार १७ क्विन्टल बिक्री भएको छ भने आइतबार लगभग २९ क्विन्टल बिक्रि भएको थियो । बजारभाउ भन्दा केही सस्तोमा प्याज बिक्री गरिएपछि प्याज किन्नका लागि सोमबार पनि उपभोक्ताको लामो लाइन लागेको थियो ।

सरकारले बजार अनुगमनका क्रममा बढी मूल्य लिएर बिक्री गर्न लागेका प्याज जफत गरी सर्वसाधारणलाई बिक्री गर्न थालेको हो । बजार अनुगमनका क्रममा १४ हजार ६०० केजी प्याज सरकारले नियन्त्रणमा लिएको थियो । बिक्री भएको प्याजको रकम ५२ रूपैयाँ राजस्व र ८ रूपैयाँ खाद्य कम्पनीको खातामा जिम्मा गरिने छ ।

केही दिन अघि बजारमा प्याजको कृत्रिम अभाव खडा गरी अत्यधिक मूल्य लिएर प्याज बिक्री भइरहेको सूचनाका आधारमा उपत्यकाका विभिन्न पसलमा अनुगमन गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x