शारदीय नवरात्रि : कोरोना माथि आस्था भारी
नन्दलाल शाहु – नेपालगन्जको सुप्रसिद्ध शक्तिपीठ माता बागेश्वरी मंदिर रहेको यस नगर लगायत गाउँ – गाउँमा शारदीय नवरात्रको रमझम शुरु भएको छ।कोरोनाको बावजूद पनि श्रद्धालुहरुको जमघट भएको देख्न सकिन्छ । माता बागेश्वरीको पावन दर्शन गर्नका लागि बिहानै देखि श्रद्धालु लामबद्ध बस्न शुरू गरेका थिए ।

यस अवसरमा बाके,नेपालगन्ज क्षेत्र माता बागेश्वरीको जयकाराले से गूंजिएको छ । श्रद्धालुहरुको आस्थाको केंद्र माता दुर्गाको विभिन्न पण्डाल शारदीय नवरात्रको लागि विशेष रूपले रंगबिरंगी फूलहरुले बिजुलीबत्तीले सजाइएको छ । घटस्थापनाको दिन विभिन्न स्थानहरु बाट बागेश्वरी मन्दिर पुगेका श्रद्धालुहरुको भारी भीड देखियो ।
माओवादीहरू प्रधानमन्त्री ओलीको चरणमा लम्पसार छन्-भट्टराई
शक्ति पीठमा सुरक्षाको पुख्ता प्रबंध गरिएको छ।बाके जिल्लामा शारदीय नवरात्रको रमझम शनिबारबाट शुभारंभ भएको छ । कोरोनाले गर्दा चैत नवरात्र हुन पाएको थिएन ।

यो कोरोना कालको बीच पहिलो नवरात्र मनाइदैछ। जसले गर्दा प्रशासनले कोविड-१९ को सुरक्षा नियमपालना गराउन सुचना नै जारी गरेको छ।घटस्थापनाको दिनदेखि विजयादश्मी वा मुर्ति विसर्जन सम्म लाखौं श्रद्धालू सहभागी हुने गरेकाछ्न। मंदिर परिसरको साफ सफाइ गरिएको छ । मंदिरलाई रंगबिरंगी फूलले साज सज्जा गरिएको छ । प्रशासनले श्रद्धालुहरुको सुविधाको लागि नियमानुसारको प्रबंध गरेको छ। नवरात्रको दौरान मंदिर परिसर क्षेत्रमा वा जिल्लाभरि नजर रख्नकोलागी प्रहरी परिचालन गरेको छ। जिल्ला प्रशासनले पूर्ण निगरानी राखिरहेको छ।




